०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

काठमाडौं दशरथ रंगशालामा प्रहरीको लाठी चार्ज पत्रकार घाइते

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

काठमाडौँ मङ्सिर २४ नेपाल र भुटानबीच आज दिउँसो हुने साग फुटबलको फाइनलको टिकटका विषय विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ।
मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलको लागी टिकट लिन गएका दर्शकमाथि प्रहरीले लाठी चार्ज गरेको हो । यतिसम्म कि प्रहरीले एक जनालाई घेरा हालेर कुटेको थियो । प्रहरीको लाठी लागेर नागरिक दैनिकका पत्रकार सुमन चापागाईं पनि घाइते भएका छन्।
यसअघि सोमबार राष्ट्रिय खेलकुद परिषद्ले विक्रीका लागि खुला गरिएको ८ हजार टिकट नै विक्री भएका थिए। फुटबल फाइनलसँगै समापन समारोह पनि हुने भएकाले यसअघिका खेलहरूमा भन्दा राखेपले कम टिकट विक्रीमा राखेको थियो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने बल प्रयोग नगरिएको दाबी गरे । ‘टिकट पाइएन भनेर आएकालाई हट्नुस् भन्दा हटेनन् । त्यसपछि ठेलठाल गरेर हटाइएको हो । बल प्रयोग गरेको छैन’, उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]