२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लमही खानेपानीको सरकारी गाडीको चरम दुरुपयोग शव वाहानको रूपमा प्रयोग

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

ओमप्रकाश गुप्ता
लमही २४ मंसिर । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको गाडी शब बाहानको रुपमा प्रयोग भएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्य समितिका सदस्य ऋषिराज रावत क्षेत्रीको स्वर्गीय आमाको शब बोक्नको लागि उक्त गाडीको प्रयोग गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको बा ९ च ६४१६ नम्बरको टाटा कम्पनीको हापडालाको गाडीलाई संस्थाका कार्यसमितिका सचिव सनम पौडेलले कार्यसमितिकै सदस्य ऋषिराज रावत क्षेत्रीको आमाको शब बोक्नका लागि उक्त गाडी प्रयोग गरेका हुन् । सो गाडी मंगलवार बिहान बनगाउँ देखि राप्ती नदी सम्म प्रयोग गरिएको थियो ।
लमही नगरपालिका ३ बनगाउँ निबासी लमही खानेपानीका कार्य समितिका सदस्य ऋषिराज रावत क्षेत्रीको आमाको शब बोक्न उक्त गाडीको प्रयोग गरिएको हो । सार्बजनिक सम्पत्तीको दुरुपयोग गर्र्दै ब्यक्तीगत प्रयोजनको लागि संस्थाको गाडीलाई शब बाहनको रुपमा प्रयोग गरेको भन्दै उपभोक्ताहरुले असन्तुष्टी जनाएको छन् ।
सो बिषयमा लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरीले आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । भने संस्थाका सचिव पौडेलले भने संस्था भित्रकै कार्य समितिको सदस्यको आमा वितेको हुँदा प्रयोग गरिएको बताएका छन् । उनले संस्थामा यो नियम रहेकाले प्रयोग गरिएको प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!