०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बर्दिया प्रहरीले २ बर्ष देखि आफ्नै घरमा श्रीमान र दाजुले बन्दक बनाईएका दुई महिलाहरुको उद्धार

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

महेन्द्र सिंह (क्राईमबिट)
बर्दिया मंसिर २६ बर्दियाको गुलरियामा विगत २ बर्ष देखि आफ्नै श्रीमान र दाजुले श्रीमती र बहिनीलाई घरमा थुनेर बन्धक बनाई मानसिक यातना भोगिरहेका २ महिलालाई प्रहरीले उद्दार गरेको छ ।
गुलरिया नगरपालिका वडा नं. ६ स्थित शान्ति टोलमा विगत २ बर्ष देखि नन्द भाउजुलाई कोठा भित्र थुनेर राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्ड तथा विभिन्न महिला अधिकारकर्मी, संघसंस्था वडा कार्यालयको रोहवरमा उनीहरुलाई उद्दार गरीएको हो ।
दुई महिनाको गर्भवती समेत रहेकी श्रीमती र बहिनीलार्ई मानसिक तथा शारिरीक यातना समेत दिने गरीएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहीले बताएको छ । बन्धक महिलाहरुलाई दिशा पिसाब गर्नका लागि समेत कोठामा डब्बा राखेर वाहिर समेत निस्कन नदिने गरिएको पिडितहरुले बताएका छन् ।
महिला अधिकारकर्मीहरुलाई महिलाहरु वन्दक बनाई यातना दिइरहेको जानकारी आए पछि पिडीतहरुको उद्धार गरिएको महिला अधिकारकर्मी सपना शर्माले बताउनुभयो ।
वडा नं. ६ का वडाध्यक्ष निरज कुमार शर्माले महिला हिसा बिरुद्धका अभियानहरु चलेपनि दुरदराजका महिला दिदी बहिनीहरु हिंसाको मार खेपी रहेका बताएका छन् ।
गुलरिया नगरपालिका वडानम्बर ६ का वडा अध्यक्ष निरज कुमार शर्मा आफै पिडीतको घरमा गई ताला खोली उनिहरुको उद्दार गरेका छन् ।
पिडकलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने गुलरिया नगरपालिका वडानम्बर ६ का वडा अध्यक्ष निरज कुमार शर्मा ले बताएका छन् । पिडिकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बर्दिया प्रहरी निरीक्षक ओलीले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]