२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

वडा नम्बर १८ ले बजार अनुगमनलाई तिब्र पार्दै

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

कपिल लामिछाने दाङ मङ्सिर २७ स्थानिय सरकार आएदेखि बिभिन्न कामहरुमा सक्रिय देखिएका जनप्रतिनिधिहरुले अहिले गाउ गाउँमा बिकास निर्माणका कामहरुलाई तिब्र बनाउदै गईरहेका छन् । बिभिन्न समिति निर्माण गर्दै जनताहरुकाे दु:ख सुखकाे साथी बन्दै आईरहेकाे स्थानिय सरकारकाे अहिले खुलेर जय जयकार गर्न थालिएकाे छ । स्वच्छ सहर बनाउने सवालमा हाेस् अथवा अन्य गाउघरमा देखिएका समस्याहरु हुन सबै कुरालाई छलफल र सहकार्य गर्दै त्यसकाे समाधानका लागी अहिले स्थानिय सरकारहरु जुटेकाे देख्न सकिन्छ । हाम्राे तुलसीपुर राम्राे तुलसीपुरकाे नारा गुन्जिए सँगै तुलसीपुर उपमहानगरपालिका भित्र अहिले बिभिन्न किसिमका राम्रा कामहरु हुदैँ आईहेका छन् । पछिल्लाे पटक तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सबै पसलहरु दर्ता प्रकृयामा जान निर्देशन समेत दिएकाे थियाे । त्यहि अनुरुप तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले मंगलबार देखि लगातार बजार अनुगमनलाई तिब्र बनाएकाे छ । कुन-कुन पसलहरु कुन कुन मापदण्ड अनुसारले चलिरहेका छन् , दर्ता गरे अनुसारकाे सर-समानहरु बिक्रि बितरण भईरहेकाे छ कि छैन? नेपाल सरकारले बन्देज गरेका सामाग्रीहरु बिक्रि बितरण गरिएकाे छ वा छैन्? यी यावत कुराहरु अनुगमन भित्र परेका छन् । साथै बिजाैरी बजार वरिपरि रहेका घुम्तीहरु सबै हटाईएकाे छ र दर्ता नगरेरै सञ्चालन गरिएका पसलहरुलाई यहीँ मंसिर मसान्तसम्म दर्ता नगरे कारबाई समेत गरिने तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले बताउनुभयाे । साथै बजार अनुगमनलाई अझै कडाईका साथ अघि बडाउदै सभ्य बजारकाे निर्माण गर्न छलफल भईरहेकाे भन्दै अब केहिदिन भित्रै यहाँ रहेका स्कुल हातादेखि सय मिटर वरिपरि सुर्तीजन्य पदार्थ र मादकपदार्थ बिक्रि वितरण भईरहेकाे पाईएमा कारबाई समेत गरिने प्रकृया अघि बडाउन थालेकाे उहाँले बताउनुभयाे । मंगलबार र बुधबार बिजाैरी बजार अनुगमन गरिसकिएकाे र बिहिबारबाट पुनः हेमन्तपुर, बेलझुण्डी, दुधरास हुदैँ गाउगाउमा अनुगमन भईरहेने वडा सचिव निर्मल रेग्मीले जानकारी दिनुभयाे । जनप्रतिनिधि,कर्मचारीहरु,नेपाल पुलिस, उद्याेग बाणिज्य संघ सबैकाे प्रत्यक्ष सहभागीतामा बजार अनुगमन भएकाे हाे । याे अनुगमन अझै साेमबार सम्म चल्ने तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतले बताउनुभयाे !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!