२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ र अर्घाखाँची जोड्ने पक्की पुल निर्माण भएपनि पुरा सडक निर्माण नहुदा स्थानीयहरु चिन्तित

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

 

दाङ । संघीय सरकारको बजेटबाट राप्ती नदीमा पक्कि पुल बनेपनि त्यो पुलमा जोड्ने सडकको निकास नहुँदा समस्या परेको हो ।

स्थानीय जग्गाधनीले सडकका लागि निकास नदिंदा समस्या परेपछी सुल्झाउने प्रयास गरिएको छ । दाङको राप्ती गाउँपालिका–१ शान्तिपुर र अर्घाखाँचीको सितगङ्गा नगरपालिका–८ बेलौते बडीदमार जोड्ने मोटर बाटोको विवाद समाधानको प्रयास थालिएको हो ।

यो सडक खण्डमा निर्माण भएको पक्कि पुल समेत पूर्णरुपमा प्रयोगमा आउन सकेको छैन् । पुल बनिसक्दा पनि सडकको टुंगो नलाग्दा समस्या भएको हो ।

समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीको तहबाट समेत पहल गरिएको छ । स्थलगत रुपमा पुगेर समस्या समाधानको पहल गरिएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहितको टोलीले सम्वन्धित स्थानीयसँग छलफल गरेको छ । पुल निर्माण गर्ने बेलामा ख्याल नगर्दा अहिले समस्या परेको भनाई छ ।

पुलसम्म जाने सडक निकाल्न सकिएको छैन् । जग्गा भोग चलन गर्दै आएका व्यक्तिहरुले अडान राखेकै कारण समस्या परेको स्थानीय जनप्रतिनिधिको भनाई छ ।

समस्या समाधानकालागि भइरहेका प्रयासलाई सार्थक बनाउनेगरी सरोकारवाला पक्षले भूमिका बढाउनुपर्ने आवश्यकता देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]