काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुलाई काज सरुवा गर्दै विभिन्न कार्यालयमा पठाएको हो ।
काज सरुवा हुनेमा डीएसपीहरुमा ज्ञानकुमार महतो दोलखा, कृष्ण चन्द जनसेवा बृत्त, निरन्जन थापा महाराजगन्ज बृत्त छन् ।
त्यसैगरी, इलाका प्रहरी बुटवलमा इन्द्र राना, रसुवामा हेम शाही, काकडभिट्टामा राजन लामा, इलाका प्रहरी गजुरीमा बिकास थापा काज सरुवा भएका छन् ।
त्यस्तै डीएसपी रवीन्द्र खनाल चितवन, मिमबहादुर लामा मानवस्रोत र बिजयराज पण्डितलाई प्रदेश कार्यालय पोखरा र केशव भट्टराईको काजसरुवा गरिएको छ ।