२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बैतडीमा भिरबाट लडेर नेपाल प्रहरी हवल्दारको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०८, २०८१

बैतडीमा भिरबाट लडेर नेपाल प्रहरी हवल्दारको मृत्यु

बैतडी । जिल्लाको डिलासैनी गाउँपालिका ३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

उनी आफ्नो घर दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते अवस्थामा उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्‍याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

error: Content is protected !!