१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल गालीगलौज गर्ने २ युवती र ३ युवक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख २२, २०८३

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ।

शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए।

राति सडकमा होहल्ला गर्दै हिँडिरहेका उनीहरूलाई प्रहरीले रोकेर सोधपुछ गर्ने क्रममा उल्टै चर्को स्वरमा होहाल्ला गरेर महिला प्रहरी कर्मचारीसमेतलाई अश्लिल तथा अपशब्द प्रयोग गरी गाली गलौज गरेको आरोप छ।

पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका- ६ की २६ वर्षीया अन्जना तामाङ, प्यूठानको प्यूठान नगरपालिका-३ ओखरबोटकी २० वर्षीया वर्षा सुनार, कपिलवस्तुको विजय नगरपालिका- ७ गणेशपुरका २२ वर्षीय मनोज गुप्ता, शिवराज- ६ का २७ वर्षीय दिपेन्द्र कुमार चौधरी र भारतीय नागरिक २८ वर्षीय रञ्जित चौधरी छन्।

यही वैशाख १९ गते राति पक्राउ परेका उनीहरूलाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]