२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बाँके ट्राफिकले दुर्घटना न्युनिकरणका लागि सुरु गर्यो हरेक दिन प्रशिक्षण कार्यक्रम

Logo
प्रकाशित सोमबार, मंसिर ३०, २०७६

महेन्द्र सिंह
नेपालगन्ज मंसिर ३० जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी दुर्घटना न्युनिकरणका लागि नयाँ अभियान सुरु गरेको छ। जिल्लामा बढदै गएको दुर्घटनालाई न्युनिकरणका लागि बाँके ट्राफिकले हरेक दिन प्रशिक्षण कार्यक्रम सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए।उनका अनुसार बाँके जिल्लाभर रहेका ट्राफिक प्रहरी बिटले समेत प्रशिक्षण कार्यक्रम दिने छन् ।प्रशिक्षण कार्यक्रममा विद्यार्थी, सवारी चालक र अटो चालक, सम्बन्धित स्थानका स्थानियहरुलाई समेत दुर्घटना न्युनिकरणका बारेमा जनचेतना दिइने भएको छ।ट्राफिक प्रहरीले केही दिन अघि देखीनै सो कार्यक्रम सुरु गरिसकेको छ। दुर्घटना न्युनिकरणमा सहयोग पुगोस भनेर यस्ता खाले कार्यक्रम लिएर आएको र यसले जनचेतनामा समेत अभिबृद्दी हुने ट्राफिक प्रमुख बमले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!