२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीको ३१ औं आईजीपी को भन्दै दिपक थापा, सुदीप गिरी, टेकबहादुर तामाङ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ०९, २०८१

काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी) नियुक्तिका लागि सरकारले गृहकार्य सुरु गरेको छ । स्रोतका अनुसार गृह मन्त्रालयले यस विषयमा छलफल थालेको छ।

आईजीपी बसन्तबहादुर कुँवरको अवकाश मिति नजिकिँदै गर्दा छलफल सुरु भएको हो । यसपटक विगतमा जस्तो अन्तिम दिनमा नभई रिक्त हुनुभन्दा केही दिनअघि नै नयाँ आईजीपी नियुक्त हुने गृह मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।आईजीपी कुँवरले ५ चैतदेखि अवकाश पाउँदैछन् । नयाँ आईजीपी नियुक्त गरेर सकेसम्म छिटो आफुलाई बिदामा बस्ने वातावरण मिलाउन उनले भनेका छन् ।३१ औं आईजीपीको प्रतिस्पर्धामा तीन एआईजी छन्। जसमा दिपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् ।थापा अन्य दुईभन्दा अगाडि नै एआईजीमा बढुवा भएकाले उनी नै मुख्य दाबेदार देखिएका छन् । तर, विगतमा जुनियर एआईजीहरु पनि आईजीपी बनेको नजिरका कारण उनी ढुक्क हुन सकेका छैनन् ।अबका करिब तीन साता नयाँ आईजीपीका लागि प्रहरीमा गुटबन्दी बढ्ने स्थिति देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]