२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

शनिबार तपाईंहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित शनिबार, फाल्गुण १०, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन सामान्य रहनेछ। साथीभाईको पूर्ण भर पर्दा धोकाप्राप्त होला ।तर आम्दानीका दृष्टिले दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ र विदेशप्रति आकर्षण बढ्नेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राज्यका उच्च अधिकारीसँग भेट हुनसक्छ। साथीहरूको साथ मिल्नेछ र ठूला कामहरू बन्नेछन्। शिक्षामा थप मिहिनेत आवश्यक छ, तर दाम्पत्य जीवन सुखमय रहनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन सामान्य राम्रो छ। सेवा गरेका साथीहरूबाट असहयोग हुन सक्छ र व्यापारमा मन्दी आउनेछ। धार्मिक क्षेत्रको भ्रमणले मन शान्त हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउन सक्छ। शिक्षामा आलस्य बढ्नेछ, तर वैदेशिक रोजगारमा उन्नति हुनेछ। राजनीतिमा राम्रो पकड रहला। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ र परिवारसँगको सम्बन्ध सहज बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ, तर शिक्षामा प्रगति हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारको अपमान सहनुपर्ने दिन छ। सहकार्य गरेर अघि बढेमा व्यापारमा फाइदा हुनेछ, तर राजनीतिमा सेवा गर्ने अवसरबाट टाढा रहनुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन राम्रो छ। सम्पत्ति जम्मा गर्ने अवसर छ र शिक्षामा प्रयासले उत्साह थपिनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ, तर दक्षिणतर्फको लामो यात्रा गर्दा ख्याल राख्नु पर्ला ।परिवारको साथ र सहयोग मिल्नेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफूभन्दा ठूला व्यक्तिसँगको अन्तरक्रियाले मन शान्त हुनेछ। शनिको प्रभावले परिवारले दुःख दिएको अनुभव हुन सक्छ, तर धार्मिक कार्यमा संलग्न हुँदा दिन सहज हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सञ्चित धन खर्च हुनेछ। दाजुभाइ र बन्धुबाट साथ मिल्नेछ, तर राज्यपक्षबाट त्रास बढ्न सक्छ। शिक्षामा लगानीबाट फाइदा हुनेछ। परिवारमा अविश्वास बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभग्रहको प्रभावले आज तपाईंका काम सफल हुनेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ र काम गर्ने उत्साह बढ्नेछ। आफ्नै परिवारबाट भने सचेत रहनुहोस्। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साना कुराले मनमा खटपट बढ्न सक्छ। मौसमी प्रकोपको जोखिमले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्छ। परिवारमा थोरै बोलेर अघि बढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएर काम सुरु गर्दा दिन सहज हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परोपकारमा बोलीको प्रयोग गर्नु उचित हुनेछ। शिक्षामा मिहिनेत आवश्यक छ र स्वास्थ्यमा साना कुराले दुःख दिन सक्छ, त्यसैले खानपानमा ख्याल गर्नुहोस्। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। 

ज्योतिषाचार्य माधवा शर्मा ।
सचिव-नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपर क लाईन जेसिस चोक दाङ ।
फोन नं-9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

error: Content is protected !!