२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नुवाकोटको तादी गाउँपालिकाले निःशुल्क मोबाइल मर्मत तालिम सञ्चालन गर्ने,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, फाल्गुण १५, २०८१

 

नुवाकोट । तादी गाउँपालिकाको आर्थिक
वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार तथा प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद् कार्यालयको साझेदारीमा ३९० घण्टाको (६५ दिन) मोबाइल मर्मत तालिम सञ्चालन गरिन लागेको हो ।

गाउँपालिकाले सूचना प्रकाशन गर्दै १६ वर्ष पूरा भई ४० वर्ष ननाघेका स्थायी बासिन्दाहरूलाई तालिमका लागि आवेदन दिन आग्रह गरेको छ। इच्छुक व्यक्तिहरूले नागरिकताको प्रतिलिपिसहित सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र तादी गाउँपालिकाको कार्यालयमा आवेदन दिन सक्नेछन्।

तादी गाउँपालिकाले तोकेको स्थानमा निःशुल्क तालिम सञ्चालन हुनेछ भने तालिम सामग्री, स्टेशनरी र खाजाको व्यवस्था आयोजकले गर्नेछ । छनोट प्रक्रिया बागमती प्रदेश सरकारको सीपमूलक तालिम कार्यविधि २०८० को दफा ६ अनुसार हुनेछ ।

तालिममा सहभागी हुन चाहनेले म्यादभित्र आवेदन दिन कार्यालयले अनुरोध गरेको छ। सहभागीको छनोट गाउँपालिकाले गर्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]