२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौं ट्राफिक महाशाखाले शुरु गरेयो उज्यालो अभियान

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

काठमाडौं पुस १ महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियानको शुभारम्भ गरेको छ । उपत्यकाको ट्राफिक व्यवस्थानलाई सहज बनाई दुर्घटना कम गर्नका लागि जनचेतना फैलाउने उद्देश्ले अभियानको शुभारम्भ गरिएको हो ।
कार्यक्रम सडक प्रयोगकर्ता, पैदलयात्री, चालक/सहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिनेछ । महाशाखा र माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुने महाशाखाले जनाएको छ ।
अभियानको शुभारम्भमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुुख शैलेन्द्र थापाले एक वर्षमा दुई हजारको संख्यामा नागरिकको ज्याने गरी दुःखद घटनाहरु घट्ने गरेको जानकारी दिए । उनले दुर्घटनाबाट दुई चारजनाको मात्रै पनि जीवन बचाउन सकेमा तीस वर्षे सेवा अवधिमा पाएको तलब भत्ताभन्दा ठूलो कमाई त्यही नै हुने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपाल सरकार र यातायात मन्त्रालयले यातायात क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गरे । आकाशे पुलहरु निर्माण भए पनि त्यसको प्रयोग नहुनु दुःखद् भएको भन्दै उनले आकाशे पुल रमिता हेर्नका लागि मात्रै प्रयोग गर्ने गरिएको बताए ।
अखिल नेपाल मजदूर संघका अध्यक्ष सोम तामाङलगायतले श्रमजीवीहरुलाई मात्रै दोष दिने काम भएको तर सरकारबाट उनीहरुका लागि सचेतनात्मक कार्यक्रम नभएको गुनासो गरे । अभियानलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उनले दुर्घटना परेपछि कानुनको पाठ सिकाउनुभन्दा पहिले नै सचेतनामुलक कार्यक्रम हुनुपर्ने बताए ।
उच्च माध्यमिक विद्यालय संघका कार्यवाहक अध्यक्ष युुवराज शर्माले प्रविधिको प्रयोगले दुर्घटना कम गर्न सहयोग पुग्ने बताउँदै शैक्षिक क्षेत्रबाट कार्यक्रममा सम्पूर्ण सहयोग हुने प्रतिवद्धता जनाए ।
ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुुर्याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो अभियान शुरु गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!