१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

दाङमा बमको आशंकामा डिष्पोज गर्दा नुनको पोका भेटियो

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

सागर थापा
दाङ पुस १ घोराही १५ गुलरियामा मंगलवार विहान भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । गुलरीयाको मातृभूमी टोल स्थित मोहन अधिकारीको घरको गेटमा भेटिएको शंकास्पद बस्तु बम नभएको नेपाली सेनाको टोली पुष्टि गरेको हो ।
पलाष्टिकको पोकामा तार बेरेर राखिएको बस्तुलाई रिपु मर्दन गणबाट गएको नेपाली सेनाले निष्कृय पार्दा भित्र दुई पोका नुन भेटिएको छ । गणका मेजर श्याम थापा क्षेत्रीको कमाण्डमा गएको टोलीले उक्त बस्तुलाई निष्क्रिय पार्ने क्रममा नून भेटिएको हो ।
बिहान अधिकारीको घर बहिरको गेटमा उक्त बस्तु भेटिएपछि त्यस क्षेत्र त्रसित बनेको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी सहित नेपाली सेनाको टोलीले लगत्तै उक्त क्षेत्रलाई नियन्त्रणमा लिएको थियो । तर्साउनका लागि उक्त बस्तु राखेको हुने सक्ने अनुमान गरेपनि कस्ले राखेको हो भन्ने अझैसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

error: Content is protected !!