२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्जको धम्बोजी चौकमा आकाशे पुल बन्दै दुर्घटनामा कमि आउने ट्राफिक प्रमुख : बम

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

महेन्द्र सिंह
बाँके पुस ३ नेपालगन्जमा यसै बर्ष पहिलो आकाशे पुल बन्ने भएको छ नेपालगन्ज उपमहानगरपालिकाले त्यसका लागि औपचारिक प्रक्रिया सुरु गरेको हो । ‘६ महिनाभित्रै आकाशे पुल निर्माण गर्ने गरी काम अगाडि बढाएका छौं’, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले भने, ‘टेण्डर आव्हान भैसकेको छ, त्यसलगत्तै ठेक्का सम्झौता गरेर काम अगाडि बढ्छ ।’
नेपालगन्जका विभिन्न मुख्य चोकमा आकाशे पुल निर्माण गर्ने नगर प्रमुखको योजनामा वडाध्यक्षहरुले साथ नदिएको गुनासो नगर प्रमुखको थियो । बजेट निर्माणका क्रममा वडामै बजेट लैजाने जोड सबै वडाध्यक्षले गरेपछि ठूलो योजना प्रभावित भएको भन्दै विवाद उत्पन्न भएको थियो ।
‘यसपाली विरेन्द्रचोकमा आकाशे पुल निर्माण गरिंदैछ’,आवश्यकताका आधारमा थप योजना बनाउँदै जाने हो ।’
उपमहानगरपालिकाले आकाशे पुलका लागि एक करोड ६५ लाख २ सय १४ रुपैयाँ बजेट विनियोजन गरी सोही अनुसारको टेण्डर आव्हान गरेको छ । यसैसाता आव्हान गरिएको टेण्डरमा उपमहानगरपालिकाले गल्र्स स्कुलका लागि भौतिक पूर्वाधार निर्माण कार्य पनि अगाडि बढाउने उल्लेख छ । नेपालगन्जमा आकाशे पुल बने पछी पैदल यात्रीलाई धेरै सहज हुने र दुर्घटनामा कमि आउने बाँके ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!