२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

नेपालगन्जको धम्बोजी चौकमा आकाशे पुल बन्दै दुर्घटनामा कमि आउने ट्राफिक प्रमुख : बम

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

महेन्द्र सिंह
बाँके पुस ३ नेपालगन्जमा यसै बर्ष पहिलो आकाशे पुल बन्ने भएको छ नेपालगन्ज उपमहानगरपालिकाले त्यसका लागि औपचारिक प्रक्रिया सुरु गरेको हो । ‘६ महिनाभित्रै आकाशे पुल निर्माण गर्ने गरी काम अगाडि बढाएका छौं’, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले भने, ‘टेण्डर आव्हान भैसकेको छ, त्यसलगत्तै ठेक्का सम्झौता गरेर काम अगाडि बढ्छ ।’
नेपालगन्जका विभिन्न मुख्य चोकमा आकाशे पुल निर्माण गर्ने नगर प्रमुखको योजनामा वडाध्यक्षहरुले साथ नदिएको गुनासो नगर प्रमुखको थियो । बजेट निर्माणका क्रममा वडामै बजेट लैजाने जोड सबै वडाध्यक्षले गरेपछि ठूलो योजना प्रभावित भएको भन्दै विवाद उत्पन्न भएको थियो ।
‘यसपाली विरेन्द्रचोकमा आकाशे पुल निर्माण गरिंदैछ’,आवश्यकताका आधारमा थप योजना बनाउँदै जाने हो ।’
उपमहानगरपालिकाले आकाशे पुलका लागि एक करोड ६५ लाख २ सय १४ रुपैयाँ बजेट विनियोजन गरी सोही अनुसारको टेण्डर आव्हान गरेको छ । यसैसाता आव्हान गरिएको टेण्डरमा उपमहानगरपालिकाले गल्र्स स्कुलका लागि भौतिक पूर्वाधार निर्माण कार्य पनि अगाडि बढाउने उल्लेख छ । नेपालगन्जमा आकाशे पुल बने पछी पैदल यात्रीलाई धेरै सहज हुने र दुर्घटनामा कमि आउने बाँके ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!