०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

बाँके ट्राफिकले दुर्घटना रोक्न गाडीहरूको पछाडी चम्किलो स्टिकर टाँस्न सुरु गरियो

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

महेन्द्र सिंह
बाँके  ३ पुस बाँके ट्राफिकले दुर्घटना न्यूनिकरण गर्न हरेक गाडीहरूको पछाडी पट्टी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरिएको छ । कुहिरो लागेको र रातीको समयमा हुने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले हरेक गाडीको पछाडी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरेको हो ।
बाँके जिल्ला ट्राफिक प्रमुख पबिन्द्र बमका अनुसार पहिलो चरणमा स्कुले विद्यार्थिहरुको साईकलमा यस्तो स्टिकर टाँसिएको जनकारी दिनुभएको छ भने ।
पछिल्लो समय बाँकेमा कुहिरो लागेको बेलामा धेरै दुर्घटना भएको हुदा दुर्घटना न्यूनिकरण गर्न साईकल मोटरसाइकल अटो रिक्सा फटफटे टेक्टर बस ट्रक डोजर  लगाएको   सम्पूर्ण सवारी शाधनहरुमा पछाडी रिफ्लेक्टिङ्ग चम्किलो स्टिकिर टाँसेका हौं बाँके ट्राफिक प्रमुख बमका अनुसार ।
बाँके जिल्लाका विद्यार्थिको साईकल लगाएत विभिन्न किसिमका सवारी शाधनहरुमा रातिमा यस्तो चम्किलो स्टिकर टाँसिएको छ ।  बाँके ट्राफिक प्रहरीले सयौं सवारी शाधनहरुमा चम्किलो स्टिकर टाँसेको बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]