११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

दाङ प्रहरीले पश्चिम दाङमा काठको साल सहित जीप र चालक पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ०४, २०७६

सागर थापा
दाङ, ४ पुष दाङ प्रहरीले अबैध सालको काठ सहित पश्चिम दाङबाट सेतो जिपलाई नियन्त्रणमा लिएको छ । रा१ज ७१७ नम्बरको सेतो जिपमा अमुवाबाट जुम्लेकुला, बौलाखोला हुदै रगैचा लग्न लागनेको सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिएका छन । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट गएको सादापोशाका प्रहरीले सालको १७ वटा गोलीया काठ सहितको जिप र चालक राजन केसीलाई नियन्त्रणमा लिएको दाङ प्रहरी प्रमुख एसपी भट्टराईले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!