२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्जको कारागारमा महिला कैदीबन्दीद्वारा तालाबन्दी बिरोध चौकीदारलाई थुनियो

Logo
प्रकाशित शुक्रबार, पुष ०४, २०७६

महेन्द्र सिंह
बाँके पुस ४ नेपालगन्ज कारागारमा आन्दोलन सुरु भएको छ। चौकीदार हटाउन माग गर्दै नेपालगन्ज कारागारमा रहेका महिला कैदीबन्दीहरुको आज तालाबन्दी आन्दोलन गरेका छन् ।
चौकीदार र महिला कैदीबन्दी सग खानाको बिषयमा कुरा नमिले पछि बिबाद बढेको कुरा खुल्न आएको छ। चौकीदार सगको बिबादले अहिले महिला कैदीबन्दीहरुले महिला सेलको गेटमा धर्ना दिएर बसिरहेको नेपालगन्ज कारागारका निमित्त प्रमुख दिपेन्द्र पौडेलले बताए।
महिला कैदीबन्दीहरुले चौकीदारलाई भित्र थुनेर राखेको र दुबै पक्ष सग बार्ताको लागि प्रयास गरेपनि गेटमा धर्ना दिएका कारण सम्भब हुन नसकेको पौडेलले बताए। महिला कैदीबन्दीहरुलाई राम्रो खाना नखुवाएको र चौकीदारले उनिहरु सग गर्ने अभद्र ब्याबहारले बिबादको रुप लिएको छ।
बार्ता गर्ने हाम्रो प्रयास भइरहेको जसरी हुन्छ हामिले बार्ताको माध्यम बाट समस्या समाधान गर्ने पौडेलको भनाई छ। यस अघि पनि यस्तै बिषयमा पुरुष कैदीबन्दीहरुले चौकीदार बिरुद्द आन्दोलन गरेका थिए । आन्दोलन पश्चात् चौकादार र जेलरको सरुवा भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!