०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

शुक्रबार तपाईहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र ०८, २०८१

मेष :-आजको दिन तपाईंको लागि सकारात्मक छ। लक्ष्य प्राप्त गर्न केही महत्वपूर्ण निर्णय लिनुपर्ने हुन सक्छ। आर्थिक स्थितिमा सुधारको सम्भावना छ, तर जोखिम उठाउनुपर्नेछ। स्वास्थ्यमा केही समस्या आउन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस्। 

वृष :-परिवारमा विवाद बढ्न सक्छ, जसले तपाईंलाई तनावमा राख्न सक्छ। पिताजीको स्वास्थ्यमा ध्यान दिनुहोस्। पुराना झगडाबाट मुक्ति मिल्नेछ। धनसम्बन्धी योजनाहरू सफल हुनेछन्, र सम्पत्तिमा लगानी लाभदायक हुनेछ। 

मिथुन :-आत्मविश्वासमा कमी महसुस हुन सक्छ। आर्थिक संकटको सामना गर्नुपर्ने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनुहोस् र खानपानमा सावधानी अपनाउनुहोस्। 

कर्कट :-मनमा अस्थिरता रहन सक्छ। नकारात्मक विचारहरूबाट बच्न प्रयास गर्नुहोस्। परिवारमा धार्मिक कार्यहरू सम्पन्न हुन सक्छन्। भागदौड बढ्नेछ, तर धैर्य राख्नुहोस्। 

सिंह :-आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्, र पदोन्नतिको सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ। 

कन्या :-आर्थिक मामिलामा सतर्क रहनुहोस्, धन हानिको सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरी टाउको दुखाइ। निर्णयहरू सोचविचार गरेर लिनुहोस्। 

तुला :-मन अशान्त रहन सक्छ। आत्मसंयम राख्नुहोस् र धैर्यशीलता कायम गर्नुहोस्। जागिरमा उन्नति संगै स्थान परिवर्तनको सम्भावना छ। परिवारको साथ पाउनु हुनेछ। 

वृश्चिक :-धैर्य र समझदारीले काम लिनुहोस्। सहकर्मीहरूसँग मतभेद हुन सक्छ, संयम अपनाउनुहोस्। थकान महसुस हुनेछ।प्रेम सम्बन्धमा विवाद सम्भावना छ, सोचविचार गरेर बोल्नुहोस्। 

धनु :-भाग्यले साथ दिनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्, विदेश यात्राको सम्भावना छ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्धमा बलियो हुनेछ ।

मकर :-मेहनतको फल प्राप्त हुनेछ। नयाँ योजनाहरूमा सफलता मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्, विशेष गरी पेटसम्बन्धी समस्याहरू। विवाहित जीवन सुखमय हुनेछ। 

कुम्भ :-दिन उत्कृष्ट रहनेछ। जागिर र व्यापारमा प्रगति हुनेछ। स्वास्थ्य राम्रो रहनेछ, सम्बन्धहरूमा मधुरता छाउला । पुराना साथीसँग भेट हुन सक्छ। 

मीन :-भावनामा बग्नबाट बच्नुहोस्। निर्णयहरूमा हतार नगर्नुहोस्। स्वास्थ्यमा टाउको दुखाइ वा आँखासम्बन्धी समस्या आउन सक्छ। सम्बन्धहरूमा इमानदारी कायम राख्नुहोस्,।

ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा।
सचिव:- नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपुर क लाईन जेसिस चोक दाङ।
फोन नं:-9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेपछि सो आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीयवासीलाई तत्काल पिउने पानीको व्यवस्था गर्न घोराही बनाऔँ अभियानले माग गरेको छ । अभियानको टोलीले घोराही उपमहानगरपालिका ६ चैनपुरमा रहेको सौडियार २, ३, ४ स्किम नम्बर ४ चैनपुर खानेपानी आयोजनाको स्थलगत अवलोकन गरी यस विषयमा […]

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले केही दिनमै बन्न लागि रहेको बालेन सरकारले आत्मनिर्भर नेपालका लागि हरेक सरकार १ उद्योग–१ उद्यम नीति र कार्यक्रम अनिवार्य ल्याउनुपर्ने बताउनुभएको छ । घोराहीमा जारी कृषि, पर्यटन महोत्सवमा आयोजित ‘स्वदेशी उत्पादनको प्रयोग–देश समृद्धिको आधार’ विषयक कार्यक्रमका प्रमुखु अतिथि समेत रहनु […]

दाङ । घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ । घोराही बनाऔं अभियानको टोलीले अस्पतालको स्थलगत अध्ययन पश्चात् घोराही उपमहानगरपालिकालाई यस विषयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा गएको टोलीले घोराही उपमहानगरसँग नागरिकको जीवनसँग […]

error: Content is protected !!