११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी संचार
पर्सा पुस ५ मोटरसाइकल चोरी गर्दा प्रयोग गर्ने औजारसहित बाराका चारजना युवा पर्सामा पक्राउ परेका छन्। बाराको कोल्बी नगरपालिकाका २ र करहियामाई गाउँपालिका २ युवा मोटरसाइकल चोरी गर्दा प्रयोग गर्ने औजारसहित पर्सामा पक्राउ परेका हुन्।
मोटरसाइकलको लक फुटाउने माष्टर साँचो र चालु गर्न प्रयोग गरिने स्वीचसहित उनीहरू वीरगन्ज महानगरपालिका १५ बाट पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका युवासँग मोटरसाइकल चोरी गर्दा लक फुटाउन प्रयोग गर्ने माष्टर साँचो १ थान र स्टार्ट गर्दा प्रयोग गर्ने स्वीच २ थान बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।
पक्राउ परेका युवामा बाराको कोल्बी ६ सखुवाहाका २३ वर्षीय देवराज चौधरी र कोल्बी नगरपालिका ५ का १८ वर्षीय आशा चौधरी चौधरी रहेका छन्। त्यसै गरी बाराकै करहियामाई गाउँपालिका ५ ठोरिहाइका २० वर्षीय राकेश चौधरी र २० वर्षकै दिपक चौधरी रहेको पर्साका प्रहरी उपरीक्षक राठौरले बताए।
केही समययता वीरगन्ज महानगरपालिकालगायतका क्षेत्रमा मोटरसाइकल हराउन थालेको सूचना प्रहरीमा आएपछि पर्सा प्रहरी सूक्ष्म रुपले चोरको खोजीमा लागिरहेको थियो। यही समयमा मोटरसाइकल चोरी गर्दा प्रयोग गर्ने औजारसहित वीरगन्ज महानगरपालिका १५ प्रतिमा चोकबाट चारजना अभियुक्तहरू औजारसहित फेला परे।
पक्राउ परेका चारैजना अभियुक्तसँग थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक राठौरले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!