२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

गरिब परिवारको घरमा जमिन्दारको डोजर लगाएर घर भत्काइँदै। घरबारविहीन भएका दलित परिवार

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी संचार
सिरहा पुस ५ तराइ-मधेसमा शितलहर सुरु भएको छ। जाडोमा विपन्न परिवारलाई ओढ्ने ओछ्याउने समस्या छ। मनकारी व्यक्तिहरुले विपन्न वस्तीमा न्यानो कपडाहरु बाड्न पुग्ने गर्छन। तर सिरहा नगरपालिका-६ बसपिट्टा गाउँमा एक जमिन्दारले शनिबार साँझ डोजर लगाएर दलित परिवारको घर भत्काई घरबारविहीन बनाएका छन्। विपन्न परिवारको विचल्ली भएको छ।
सिरहा नगरपालिका-१ का जमिन्दार दामोदर बहादुर प्रधानाङ्गले रामवृक्ष महरा, समतोलिया महरा, रामजी महरा र राजकुमार महराको घर डोजर लगाएर भत्काएका छन्। जमिन्दार प्रधानाङ्गले आफ्नो बाजे लालबहादुरले मन्दिरलाई दिएको जग्गा अतिक्रमण गरी घर बनाएकाले भत्काएको बताएका छन्।
सय वर्ष पहिला नै राधाकृष्ण मन्दिरको नाममा निजी गुठी बनाएर करिब ४ विघा जग्गा आफ्ना बाजेले दिएको उनको भनाइ छ। त्यसमध्ये एक कठ्ठा जग्गा अतिक्रमण गरी घर बनाइएको उनको आरोप छ।
‘अतिक्रमित जग्गा खाली गर्न पटक-पटक सूचना दिएपनि नटेरेकाले अदालत पुग्यौँ’उनले भने,‘अदालतबाट फैसला भएर आएपछि घर भत्काएका हौँ।’
आफूहरुले केही समय मागेपनि कुरा नसुनी घर भत्काएको पीडितको आरोप छ। ‘हामीले जाडोमा घर नभत्काइदिनुस् केही समय दिनुस भनेर गुहार्यौँ तर, हाम्रो कुरै सुनेनन भएन्,’ कुल्चो महराले भनिन, ‘पुस्तौंदेखि बसोबास गर्दै आएको जग्गामा बनेको घर भत्काइदियो अब कहाँ जानु ?
जवरजस्ती डोजर लगाएर घर भत्काउँदा सरसमान, अन्नपात नष्ट भएको कुल्चोको गुनासो छ।
‘स-साना छोराछोरी छ। जाडोमा कसरी रात कटाउनु ? गरिबलाई दुःखमाथि दुःख थपियो, पीडित मध्येकी एक कारी महराले दुगेसो पोखिन। ‘हामी पुस्तौँदेखि बसोबास गर्दै आएका थियौँ।’ गाउँका ठुलाबडासँग मिलेर जमिन्दारले घर भत्काए’। घर भत्काइरहँदा जनप्रतिनिधि, प्रहरी-प्रशासनलाई गुहार्दा कसैले चासो नदिएको उनले सुनाइन्।
घरवार बिहीन भएपछि पीडितहरु साँझ जिल्ला प्रशासन कार्यालय पुगेका थिए। उनीहरुलाई प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कम्बल दिएर पठाएका छन्। जमिन्दारले मिलोमतोमा ऐलानी जग्गा व्यक्तिको नाममा बनाई त्यसमा बनेका विपन्न परिवारको घर भत्काएको स्थानीयको आरोप !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]