१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

दाङको राप्ती प्रतिष्ठानमा प्रसुति गराउन आउने महिलाको संख्या बृद्धि प्रतिष्ठानवाट दुई महीनामा ८ हजार बढिले सेवा पाए

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

घोराही पुस ५ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट चालु आर्थिक वर्षको गएको दुई महीनाको अवधिमा ८ हजार विरामीले स्वास्थ्य सेवा पाएका छन् । प्रतिष्ठानका शाखा अधिकृत झंकार लामीछानेले पछिल्लो दुई महीनाको अवधिमा अस्पतालको सेवा थप सुधार हुँदै गएको बताए । लामिछानेका अनुसार असोज महीनामा ओपिडिमा २ हजार ३ सय २४ जना र इमरजेन्सि कक्षवाट २ हजार ४ सय १६ जना विरामिले अस्पतालवाट उपचार पाएका छन् ।
जसअनुसार ल्याव टेष्ट १ हजार ५ सय ३५ जना र डाइगोनिष्टक सेवा २ हजार ९ सय ९४ जना विरामीले सेवा पाएका छन् । प्रतिष्ठानका प्रशासनका अधिकृत लामिछानेले असोजमा ९८ जना विरामीको सर्जरी भएको बताए । जसमा गम्भिर प्रकृतिको ५८ र सामान्य ४० जना विरामिको सर्जरी भएको छ ।
प्रतिष्ठानका अर्का शाखा अधिकृत मेघराज अधिकारीले सो महीनामा ४६ जनाले प्रसुति सेवा पाएका छन् । अधिकारीले दिएको जानकारी अनुसार ओपिडिमा ३ हजार ४ सय ६९ र इमरजेन्सि कक्षवाट १ हजार ७ सय ११ जना विरामिले अस्पतालवाट उपचार पाएका छन् ।
कार्तिक महीनामा मात्रै ६ हजार ४५ जनाले ल्याव टेष्ट गराएका छन् भने डाइग्नोष्टिक सेवा ८ हजार २ सय २ जनाले पाएका छन् । अधिकृत अधिकारीले सो महीनामा १ सय ९५ जना विरामिको सर्जरी भएको छ । जसमा गम्भिर प्रकृतिको ६३ र मध्यम र सामान्य गरेर १ सय ३२ जना विरामिको सर्जरी भएको छ । कार्तिक १ गतेवाट प्रतिष्ठानलाई सरकारले बजेट दिएपछि प्रसुति सेवा निशुल्क भएको थियो ।
प्रतिष्ठानमा प्रसुति गराउन जाने महीलाले अहिले सुत्केरी भक्ता पाउन थालेपछि खुसि भएका छन् । अस्पतालमा सुत्केरी गराउन आउने महीलाको सख्या बढ्दै गएको शाखा अधिकृत अधिकारीले बताए । उनले कार्तिकमा ३ सय १५ जना महीलाले प्रतिष्ठानमा आएर सुत्केरी गराएको पनि जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]