२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

दाङको राप्ती प्रतिष्ठानमा प्रसुति गराउन आउने महिलाको संख्या बृद्धि प्रतिष्ठानवाट दुई महीनामा ८ हजार बढिले सेवा पाए

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

घोराही पुस ५ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट चालु आर्थिक वर्षको गएको दुई महीनाको अवधिमा ८ हजार विरामीले स्वास्थ्य सेवा पाएका छन् । प्रतिष्ठानका शाखा अधिकृत झंकार लामीछानेले पछिल्लो दुई महीनाको अवधिमा अस्पतालको सेवा थप सुधार हुँदै गएको बताए । लामिछानेका अनुसार असोज महीनामा ओपिडिमा २ हजार ३ सय २४ जना र इमरजेन्सि कक्षवाट २ हजार ४ सय १६ जना विरामिले अस्पतालवाट उपचार पाएका छन् ।
जसअनुसार ल्याव टेष्ट १ हजार ५ सय ३५ जना र डाइगोनिष्टक सेवा २ हजार ९ सय ९४ जना विरामीले सेवा पाएका छन् । प्रतिष्ठानका प्रशासनका अधिकृत लामिछानेले असोजमा ९८ जना विरामीको सर्जरी भएको बताए । जसमा गम्भिर प्रकृतिको ५८ र सामान्य ४० जना विरामिको सर्जरी भएको छ ।
प्रतिष्ठानका अर्का शाखा अधिकृत मेघराज अधिकारीले सो महीनामा ४६ जनाले प्रसुति सेवा पाएका छन् । अधिकारीले दिएको जानकारी अनुसार ओपिडिमा ३ हजार ४ सय ६९ र इमरजेन्सि कक्षवाट १ हजार ७ सय ११ जना विरामिले अस्पतालवाट उपचार पाएका छन् ।
कार्तिक महीनामा मात्रै ६ हजार ४५ जनाले ल्याव टेष्ट गराएका छन् भने डाइग्नोष्टिक सेवा ८ हजार २ सय २ जनाले पाएका छन् । अधिकृत अधिकारीले सो महीनामा १ सय ९५ जना विरामिको सर्जरी भएको छ । जसमा गम्भिर प्रकृतिको ६३ र मध्यम र सामान्य गरेर १ सय ३२ जना विरामिको सर्जरी भएको छ । कार्तिक १ गतेवाट प्रतिष्ठानलाई सरकारले बजेट दिएपछि प्रसुति सेवा निशुल्क भएको थियो ।
प्रतिष्ठानमा प्रसुति गराउन जाने महीलाले अहिले सुत्केरी भक्ता पाउन थालेपछि खुसि भएका छन् । अस्पतालमा सुत्केरी गराउन आउने महीलाको सख्या बढ्दै गएको शाखा अधिकृत अधिकारीले बताए । उनले कार्तिकमा ३ सय १५ जना महीलाले प्रतिष्ठानमा आएर सुत्केरी गराएको पनि जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!