०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

काठमाडौं बिमानस्थलबाट चार जना विदेशी कोकिनसहित पक्राउ

Logo
प्रकाशित सोमबार, पुष ०७, २०७६

काठमाडौं पुस ७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र लागुऔषध नियन्त्रण व्यूरोबाट दिनैपिच्छे सादा पोशाकमा प्रहरी खटिन्छन्। ती प्रहरीले विदेश जाने र आउने नागरिकको ‘लगेज’ चेकजाचमा बढी जासुस गर्छन्।
बेलुकीको समयमा अन्तर्राष्ट्रिय उडानका हवाईजहाज ल्याण्ड हुनैलाग्दा प्रहरी सर्तकका साथ विमानस्थलभित्र परिचालित हुन्छन्, थाहा नहुनेगरी। विदेशीहरूको लगेज चेकजाच भइरहँदा जासुस गर्न बसेका प्रहरीले शंका लाग्दाबित्तिकै निगरानी बढाउँछन्।
शनिबार प्रहरीले यस्तै ढंगबाट गोप्य रूपमा गरेको निगरानीका क्रममा ‘कोकिन’ लैजान लागेको अवस्थानमा प्रस्थान कक्षबाट दुई विदेशी नागरिकलाई समात्यो।
उनीहरूले ज्याकेटमा बेरेर कोकिन लैजान लागेका थिए। पक्राउ पर्नेमा राहदानी नम्बर केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना एल्डोसाइना र राहदानी नम्बर एबी २७१२०६० भएको २१ वर्षका बेलारूसी नागरिक पाभेल भेसिलयू रहेका छन्। उनीहरू काठमाडौंबाट हङ्कङ जान लागेका थिए।
एलिना र पाभेलको बयानका आधारमा उहीहरूसँगै कोकिन कारोबार गर्ने वोलिभियन नागरिक राउल जम्ब्राना ओर्डोनेज र रोबर्टो कार्लोस मेरूवीया मेरिइसलाई लाजिम्पाटको लस्ट गार्डेन होटलबाट पक्राउ गरिएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]