२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

मेजर थापामाथि अनुसन्धान शान्ति सेनामा पठाउन रकम मागेको आरोप

Logo
प्रकाशित बुधबार, पुष ०९, २०७६

काठमाडौं पुस ८ पुस संयुक्त राष्ट्र संघको शान्ति मिसनमा पठाइदिने भन्दै रकम असूली गरेको आरोप लागेपछि नेपाली सेनाका सेनानी (मेजर) सुवास थापामाथि अनुसन्धान सुरु भएको छ ।
नेपाली सेनाको तालिम निर्देशनालय, भद्रकालीमा कार्यरत थापालाई हिरासतमा लिएर सैनिक प्रहरी गणले अनुसन्धान थालेको हो ।
जंगीअड्डा स्रोतका अनुसार थापाविरुद्ध १२ जनाले सैनिक मुख्यालयमा उजुरी दिएपछि छानबिन थालिएको थियो । एक हप्ता लामो छानबिनपछि विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको स्रोतले अनलाइनखबरलाई बतायो ।
शान्ति सेनामा पठाइदिने भनेर थापाले उजुरी दिनेहरुसँग करिब ७० लाख रुपैयाँ उठाइसकेको दाबी गरिएको छ । पूर्वसैनिक कर्मचारीबाट पनि उनले रकम लिएको जनाइएको छ । ‘आफन्तलाई पठाइदिने भनेर पूर्वकर्मचारीसँग पनि पैसा लिएको देखिएको छ’, स्रोतले भन्यो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको आफ्नै मान्छे भएको बताउँदै उनले रकम लिने गरेको उजुरीमा उल्लेख गरिएको छ । ‘आफ्नै काका हो, अहिले मैले जे भन्यो त्यही हुन्छ भनेर पैसा लिएको थियो’, पीडितको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।
तर शान्ति सेनामा जानेको सूचीमा नाम नपरेपछि पीडितले रकम फिर्ता माग गरेका थिए । थापाले रकम फिर्ता नदिई उल्टै धम्क्याएको पीडितको गुनासो छ ।
शान्ति सेनामा भनसुन चल्दैन : जंगीअड्डा
जंगीअड्डाले भने शान्ति सेनामा जान भनसुन नचल्ने जनाउँदै सैनिक कर्मचारीलाई प्रलोभनमा नपर्न सचेत गराएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले शान्ति सेना छनोट कार्यविधि २०७५ लागू गराएपछि ज्येष्ठताको आधारमा शान्ति सेनामा पठाउने अभ्यास थालिएको जनाउँदै भनसुन नचल्ने सेनाले बताएको हो ।
यो कार्यविधि लागू गरिएपछि शान्ति सेनामा जाने सैनिकको छनौट प्रक्रियालाई विवादरहित र पारदर्शी बनाउने अपेक्षा लिइएको एक उच्च सैनिक अधिकृतले अनलाइनखबरलाई बताए ।
उनका अनुसार ११ पुस ०७५ बाट कार्यविधि लागू भएपछि हरेक सैनिक अधिकारीले शान्ति सेनामा जाने पालोबारे पहिल्यै अनुमान गर्न सक्छन् ।
कार्यविधिले सकल दर्जालाई कम्तिमा एक पटक शान्ति सेनामा भाग लिने अवसर पनि सुनिश्चित गराएको सैनिक अधिकृतहरु बताउँछन् ।
सेनाले वहालवाला तथा अवकाश प्राप्त रथीलाई दिइएको सहुलियत कोटालाई पनि बन्द गराएको छ भने अन्य दर्जाको सहभागितालाई पनि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!