२५ आषाढ २०८२, बुधबार
09-07-2025 , Wed
×

दाङको घोराही कारागारमा कैदीबन्दीहरुको लागि स्कुल

Logo
प्रकाशित बुधबार, पुष ०९, २०७६

दाङ पुस ९ घोराहीमा रहेको कारागारमा कैदीबन्दीहरूलाई शिक्षा दिन थालिएको छ। कारागारले विभिन्न अभियोगमा सजाय भोगिरहेका कैदीबन्दीहरूलाई कारागारभित्र ‘ज्ञानज्योति स्कुल’ सञ्चालन गरेर शिक्षा दिन थालेको हो।
कारागारमा सजाय दिने थलो मात्रै नभएर गलत बाटोमा लागेको व्यक्तिलाई सुधार गरेर लैजाने सुधार केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले स्कुल सञ्चालन गरिएको घोराही कारागारका जेलर विष्णुप्रसाद पाण्डेले बताएका छन्। ‘कारागारमा रहेका निरक्षर कैन्दीबन्दीलाई भित्रै शिक्षा दिने उद्देश्यले हामीले ज्ञानज्योति नाम दिएर कक्षा सञ्चालन गरेका छौं’, जेलर पाण्डेले भने, ‘कारागारलाई सुधार केन्द्रका रूपमा विकास गर्नका लागि हामीले प्रयास गरेका छौँ।’ कारागार व्यवस्थापन अनुसार कारागारमा सञ्चालन गर्नुपर्ने साक्षरता कक्षा भएपनि कैदीबन्दीहरूको मागअनुसार अंग्रेजी भाषाको कक्षा पनि सञ्चालन गरिएको जेलर पाण्डेले जानकारी दिए।
कक्षा सञ्चालनकालागि जेल जीवन बिताइरहेका कम्तिमा प्रबिनता प्रमाणपत्र तह उत्तीर्ण गरेका राम्रो आचारण भएको व्यक्तिलाई शिक्षकको रूपमा नियुक्त गरेर कक्षा सञ्चालन गरिएको छ। जसअनुसार उक्त व्यक्ति अर्थात ‘शिक्षक’ ले पढाएबापत तलब भने पाउदैन तर मासिक ५ दिनको कैद मिनाहासहित वर्षमा २ महिना कैद मिनाहा पाउने व्यवस्था रहेको जेलर पाण्डेले बताएका छन्।
घोराही कारागारभित्र करिब ५ प्रतिशत स्नातक तहसम्मको अध्ययन गरेका, ७० प्रतिशत कक्षा ७ भन्दा माथिको अध्ययन र बाँकी निरक्षर अवस्थाका कैदीबन्दीहरू रहेका छन्। चालु आर्थिक वर्षको साउनेखि कक्षा सञ्चालन गरिएको साक्षरता र अंग्रेजी भाषा गरी दुई वटा कक्षा चलाइएको समेत बताए। १५ देखि २० जना कैदीबन्दीहरू विद्यार्थीका रूपमा अध्ययन गरिरहेको समेत उनले बताए। कक्षा दैनिक बिहान २ घण्टा र साँझ २ घण्टा गरी ४ घण्टासम्म चल्ने गरेको छ। ‘कारागारमा धेरै कैदीबन्दीहरू रहेपनि सुरु भएकाले अहिले थोरैले मात्र अध्ययन गर्ने गरेका छन’,उनले भने, ‘स्कुललाई प्रभावकारी बनाउन सकियो भने पढ्ने कैदीबन्दीहरु बढ्ने छन्।’
घोराही कारागारमा अहिले ३ सय ८ जना कैदीबन्दीहरू बस्दै आएका छन्। कारागारको क्षमता ७० जनाको भएतापनि कारागारको क्षमताभन्दा निकै धेरै ३ सय ८ जना कैदीबन्दी रहेका जेलर पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार कारागारमा १ सय ७८ बन्दी र १ सय २७ कैदी छन्। जसमा आठ जना विदेशी नागरिकहरूले सजाय काटिरहेका छन्। कारागारको क्षमताभन्दा धेरै कैदीबन्दीहरू हुँदा सुत्न, सौचालय प्रयोग गर्नलाई समस्या हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । कोहलपुर नेपाल प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ८०६१ र ८०६३ पत्रादेशानुसार प्रहरी सहायक हवलदारबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका निम्न प्रहरी कर्मचारीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तद्वारा दर्ज्यानी चिन्हद्वारा […]

जुम्ला । कल्पना गर्नुहोस्, तपाईं नाम्चे बजारको एउटा चिया पसलमा चिया पिउदै हुनुहुन्छ, अनि तपाईंको आँखामाथि उभिएको छ, गौरवशाली सगरमाथाको हिमाली मुकुट। अब त्यो हिमाली मुकुट बिस्तारै हराउँदै गएको कल्पना गर्नुहोस्। नेपालका हिमालयहरू, जुन हाम्रो पानी,वन्यजन्तु, र जीविकोपार्जनका मूल स्रोत हुन्, त्यो अहिले जलवायु परिवर्तनका कारण गहिरो संकटमा परेका छन्। हिमनदीहरू पग्लिँदै छन्, मौसम अनियमित […]

  दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय मानबश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं ८०६१ र ८०६३ पत्रादेशानुसार जनपद समुह तर्फका प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सोही समुह तर्फ बढुवा नियुक्त भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका मातहत समेतमा कार्यरत निम्न प्रहरी कर्मचारीहरु लाई दाङ जिल्ला ट्राफिक […]

error: Content is protected !!