२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

दाङको घोराही कारागारमा कैदीबन्दीहरुको लागि स्कुल

Logo
प्रकाशित बुधबार, पुष ०९, २०७६

दाङ पुस ९ घोराहीमा रहेको कारागारमा कैदीबन्दीहरूलाई शिक्षा दिन थालिएको छ। कारागारले विभिन्न अभियोगमा सजाय भोगिरहेका कैदीबन्दीहरूलाई कारागारभित्र ‘ज्ञानज्योति स्कुल’ सञ्चालन गरेर शिक्षा दिन थालेको हो।
कारागारमा सजाय दिने थलो मात्रै नभएर गलत बाटोमा लागेको व्यक्तिलाई सुधार गरेर लैजाने सुधार केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले स्कुल सञ्चालन गरिएको घोराही कारागारका जेलर विष्णुप्रसाद पाण्डेले बताएका छन्। ‘कारागारमा रहेका निरक्षर कैन्दीबन्दीलाई भित्रै शिक्षा दिने उद्देश्यले हामीले ज्ञानज्योति नाम दिएर कक्षा सञ्चालन गरेका छौं’, जेलर पाण्डेले भने, ‘कारागारलाई सुधार केन्द्रका रूपमा विकास गर्नका लागि हामीले प्रयास गरेका छौँ।’ कारागार व्यवस्थापन अनुसार कारागारमा सञ्चालन गर्नुपर्ने साक्षरता कक्षा भएपनि कैदीबन्दीहरूको मागअनुसार अंग्रेजी भाषाको कक्षा पनि सञ्चालन गरिएको जेलर पाण्डेले जानकारी दिए।
कक्षा सञ्चालनकालागि जेल जीवन बिताइरहेका कम्तिमा प्रबिनता प्रमाणपत्र तह उत्तीर्ण गरेका राम्रो आचारण भएको व्यक्तिलाई शिक्षकको रूपमा नियुक्त गरेर कक्षा सञ्चालन गरिएको छ। जसअनुसार उक्त व्यक्ति अर्थात ‘शिक्षक’ ले पढाएबापत तलब भने पाउदैन तर मासिक ५ दिनको कैद मिनाहासहित वर्षमा २ महिना कैद मिनाहा पाउने व्यवस्था रहेको जेलर पाण्डेले बताएका छन्।
घोराही कारागारभित्र करिब ५ प्रतिशत स्नातक तहसम्मको अध्ययन गरेका, ७० प्रतिशत कक्षा ७ भन्दा माथिको अध्ययन र बाँकी निरक्षर अवस्थाका कैदीबन्दीहरू रहेका छन्। चालु आर्थिक वर्षको साउनेखि कक्षा सञ्चालन गरिएको साक्षरता र अंग्रेजी भाषा गरी दुई वटा कक्षा चलाइएको समेत बताए। १५ देखि २० जना कैदीबन्दीहरू विद्यार्थीका रूपमा अध्ययन गरिरहेको समेत उनले बताए। कक्षा दैनिक बिहान २ घण्टा र साँझ २ घण्टा गरी ४ घण्टासम्म चल्ने गरेको छ। ‘कारागारमा धेरै कैदीबन्दीहरू रहेपनि सुरु भएकाले अहिले थोरैले मात्र अध्ययन गर्ने गरेका छन’,उनले भने, ‘स्कुललाई प्रभावकारी बनाउन सकियो भने पढ्ने कैदीबन्दीहरु बढ्ने छन्।’
घोराही कारागारमा अहिले ३ सय ८ जना कैदीबन्दीहरू बस्दै आएका छन्। कारागारको क्षमता ७० जनाको भएतापनि कारागारको क्षमताभन्दा निकै धेरै ३ सय ८ जना कैदीबन्दी रहेका जेलर पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार कारागारमा १ सय ७८ बन्दी र १ सय २७ कैदी छन्। जसमा आठ जना विदेशी नागरिकहरूले सजाय काटिरहेका छन्। कारागारको क्षमताभन्दा धेरै कैदीबन्दीहरू हुँदा सुत्न, सौचालय प्रयोग गर्नलाई समस्या हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!