०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

पेस्तोल सहित भगौडा सैनिक पक्राउ

Logo
प्रकाशित बुधबार, पुष ०९, २०७६

काठमाडौं : प्रहरीले एक जना भगौडा सैनिकलाई हतियारसहित पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले कपनबाट हतियार सहित ति सैनिकलाई नियन्त्रणमा लिएको हो। कटुवा पेस्तोलसहित रामेछाप फुलकासी २ का ३५ वर्षीय रोसन बर्देशवालाई नियन्त्रणमा लिएको महाशाखाका एससएसपी सहकुल थापाले जानकरी दिए।
हतियार कहाँ र किन ल्याएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि […]