२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

बाँके ट्राफिकले दुर्घटना न्यूनीकरणका लागि स्कुलहरुमा सचेतना कार्यक्रम गर्दै

Logo
प्रकाशित सोमबार, पुष १४, २०७६

(महेन्द्र सिंह) नेपालगन्ज पुस १४ जिल्ला ट्राफिक प्रहरी बाँकेले सोमबार नेपालगन्जका विभिन्न स्थानहरुमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरेको छ।
सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीको हरदिन प्रशिक्षण कार्यक्रम अन्तर्गत सोमबार नेपालगन्जको वडा नम्बर १० स्थित भृकुटीनगरमा रहेको प्रभात मेमोरियल स्कुलमा बिद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी क्लास दिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बम लगायत नेपालगन्ज ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक ओम पौडेलले प्रभाव स्कुलमा विद्यार्थीहरुलाई ट्राफिक नियम,जरिवाना एबम जेब्रा क्रसीङ कसरी गर्ने बारेमा जानकारी दिएका थिए। प्रभाव स्कुलमा भएको सचेतना कार्यक्रममा स्कुलका प्रीन्सिपल बिक्रम राज बिष्ट अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो भने ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।
त्यस्तै ट्राफिक प्रहरीले सोमबार नै जानकी गाउँपालिका वडा नम्बर २ जोगागाउँ स्थित श्री माध्यामिक बिधालय र वडा नम्बर २ बोगटीया स्थित भृकुटी प्राथमिक बिधालयमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरेको बाँके ट्राफिक प्रमुख बमले बताए। यस्तै ट्राफिक प्रहरीले नेपालगन्जको धम्बोझी चोकमा पैदल यात्रुहरुलाई जेब्रा क्रसीङबाट बाटो कसरी पार गर्ने बारेमा समेत जानकारी गराएको बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!