२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

बाँके कोहलपुरका तत्कालिन डिएसपी सिंह अख्तियारको छानबिनमा

Logo
प्रकाशित बुधबार, पुष १६, २०७६

बाँके पुस १६ कोहलपुरमा आफूलाई प्रहरी बृत्तको डन सम्झदै चोकचोक र गल्लीमा दादागिरी गर्दै हिडेका तत्कालिन कोहलपुरका प्रहरी डिएसपी रमेश बहादुर सिंह अख्तियारको फन्दामा परेका छन् । अहिले महानगरीय प्रहरी वृत बौद्धका कार्यरत डीएसपी रमेशबहादुर सिंहमाथि छानबिन भएको छ ।
उनीमाथि नागरिकतामा कीर्ते गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको हो । उनलाई बयानका लागि उपस्थित गराउन महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्राचार भएको छ ।
रानीपोखरीले उनलाई उपस्थित गराउने तयारी गरेको स्रोतले बताएको छ । सिंह इन्सपेक्टर हुँदा घुससहित ललितपुबाट पक्राउ परेका थिए ।
उनले सो विषयमा विशेष अदालतबाट सफाइ पाएपछि डिएसपीमा बढुवा भई महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । नागरिकतामा उमेर सच्चाएको आरोपमा हाल छानबिन भएको हो ।
उनी कोहलपुरमा रहँदापनि यहाँका व्यवसायी, ठेकेदार, दलाल, तस्करसँगको मिलेमतोमा करोडौ रकम कुम्ल्याउने काममा सक्रिय थिए । उनले गोरू तस्करदेखि यहाँका व्यवसायी समेतबाट ठूलो रकम घुस लिएको खुलेको छ ।
उनले नेपालगन्जमा रहेको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा समेत दादागिरी शैलीमा बबाल मच्चाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!