२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके कोहलपुरका तत्कालिन डिएसपी सिंह अख्तियारको छानबिनमा

Logo
प्रकाशित बुधबार, पुष १६, २०७६

बाँके पुस १६ कोहलपुरमा आफूलाई प्रहरी बृत्तको डन सम्झदै चोकचोक र गल्लीमा दादागिरी गर्दै हिडेका तत्कालिन कोहलपुरका प्रहरी डिएसपी रमेश बहादुर सिंह अख्तियारको फन्दामा परेका छन् । अहिले महानगरीय प्रहरी वृत बौद्धका कार्यरत डीएसपी रमेशबहादुर सिंहमाथि छानबिन भएको छ ।
उनीमाथि नागरिकतामा कीर्ते गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको हो । उनलाई बयानका लागि उपस्थित गराउन महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्राचार भएको छ ।
रानीपोखरीले उनलाई उपस्थित गराउने तयारी गरेको स्रोतले बताएको छ । सिंह इन्सपेक्टर हुँदा घुससहित ललितपुबाट पक्राउ परेका थिए ।
उनले सो विषयमा विशेष अदालतबाट सफाइ पाएपछि डिएसपीमा बढुवा भई महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । नागरिकतामा उमेर सच्चाएको आरोपमा हाल छानबिन भएको हो ।
उनी कोहलपुरमा रहँदापनि यहाँका व्यवसायी, ठेकेदार, दलाल, तस्करसँगको मिलेमतोमा करोडौ रकम कुम्ल्याउने काममा सक्रिय थिए । उनले गोरू तस्करदेखि यहाँका व्यवसायी समेतबाट ठूलो रकम घुस लिएको खुलेको छ ।
उनले नेपालगन्जमा रहेको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा समेत दादागिरी शैलीमा बबाल मच्चाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!