१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

कलंकी ट्राफिक प्रहरीमा व्यापक परिवर्तन पुरा सेट नै सरुवा

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

काठमाडौं पुस १७ महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका प्रवेश गर्ने मुख्य कलंकी नाका व्यवस्थापन गर्ने जिम्मा पाएको कलंकी ट्राफिक प्रहरी प्रभावमा कार्यरत ट्राफिक प्रहरीको ‘सेट’ नै परिवर्तन गरेको छ । आर्थिक अनियमितता भएको आशंकापछि सेट नै परिवर्तन गर्नु परेकाे महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लामो अवधिदेखि प्रभागमा कार्यरत ट्राफिक प्रहरीको कार्य कुशलतामा समेत ह्रास आएको थियो ।
महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठले कलंकी आसपासको ट्राफिक व्यवस्थापन सुदृढ गर्न एक्सन लिनु परेको बताए । उनले भने, ‘प्रहरीमा सरुवा बढुवा प्रकृया नियमित हो । कलंकीमा पनि यस्तै भएको हो । यसले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउने छ ।’
महाशाखाका अनुसार प्रभावमा कार्यरत ४५ प्रहरी कर्मचारीको सेट परिवर्तन गरिएको हो । परिवर्तन हुनेमा सईदेखि सिपाहीसम्मका टोली रहेका छन् । परिवर्तनपछि प्रभागका प्रहरी कर्मचारी महाशाखा तानिएका छन् । प्रभागका नयाँ प्रहरी खटिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]

मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त । वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा । प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ […]

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]