०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

६२/६३ जनआन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको सहिदगेट रंगरोगनमा ढिलासुस्ती

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

दाङ पुस १७ को घोराहीमा रहेको सहिदगेटको रंगरोगनको काम सुस्त गतिमा भएपछि यात्रा गर्न समस्या भएको छ । उपमहानगरपालिकाले गर्न लागेको काम सुस्त गतिमा भएपछि बाटाका बटुवा, सवारी साधानलाई आवात जावतमा समस्या भएको हो ।
गेट निर्माण भएको लामो समयपछि रंगरोगन गर्न लागिएको हो । जनआन्दोलन २०६२÷०६३ का प्रथम सहिद उमेशचन्द्र थापाको सम्झना निर्माण गरिएको गेटको सजावटका लागि काम भए पनि सुस्त गतिमा हुदा यात्रामा समस्या भएको हो ।
गेटमा रंगरोगन गर्न कामदार कम प्रयोग भएका छन् भने बासले गर्दा यात्रामा समस्या भएको छ । घोराही उपमहानगरको सहयोगमा गेटमा रंगरोगन गर्न लागिएको हो ।
यसैबीच उपमहानगरका प्रमुख नरुलाल चौधरीले रंगरोगनको कार्यलाई तीब्र बनाउन निर्देशन दिइसकेको बताउनुभएको छ । केही दिनदेखि काम जारी रहेको भए पनि स्थानीयले काम निकै सुस्त गतिमा भइरहेको गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि […]