११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

६२/६३ जनआन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको सहिदगेट रंगरोगनमा ढिलासुस्ती

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

दाङ पुस १७ को घोराहीमा रहेको सहिदगेटको रंगरोगनको काम सुस्त गतिमा भएपछि यात्रा गर्न समस्या भएको छ । उपमहानगरपालिकाले गर्न लागेको काम सुस्त गतिमा भएपछि बाटाका बटुवा, सवारी साधानलाई आवात जावतमा समस्या भएको हो ।
गेट निर्माण भएको लामो समयपछि रंगरोगन गर्न लागिएको हो । जनआन्दोलन २०६२÷०६३ का प्रथम सहिद उमेशचन्द्र थापाको सम्झना निर्माण गरिएको गेटको सजावटका लागि काम भए पनि सुस्त गतिमा हुदा यात्रामा समस्या भएको हो ।
गेटमा रंगरोगन गर्न कामदार कम प्रयोग भएका छन् भने बासले गर्दा यात्रामा समस्या भएको छ । घोराही उपमहानगरको सहयोगमा गेटमा रंगरोगन गर्न लागिएको हो ।
यसैबीच उपमहानगरका प्रमुख नरुलाल चौधरीले रंगरोगनको कार्यलाई तीब्र बनाउन निर्देशन दिइसकेको बताउनुभएको छ । केही दिनदेखि काम जारी रहेको भए पनि स्थानीयले काम निकै सुस्त गतिमा भइरहेको गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

error: Content is protected !!