२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सिमा रक्षाको लागि एकजुट हुन जनमोर्चा दाङको आव्हान

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

सागर थापा
दाङ पुस २१ घोराही राष्ट्रियता र सिमा रक्षाका लागि सबै नेपालीमा एक्येबद्धता आवश्यक पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । दाङको नेपाल भारत सिमा क्षेत्रको अवलोकन गरेर फर्केपछि राष्ट्रिय जनमोर्चाले आइतवार घोराहीमा सिमाक्षेत्र र राष्ट्रियता बिषयक अन्तरक्रिया कार्यक्रम गरेर सबैलाई राष्ट्रियताको पक्षमा एक हुने आग्रह गरेको हो ।
राजनीतिक दल, सामाजिक संघसस्थाका प्रतिनीधि, नागरिक समाज, पत्रकारहरुको सहभागीतामा गरिएको अन्तरक्रियामा राष्ट्रियता र सिमा रक्षाका लागि नेपाली एक हुनुपर्नेमा वक्ताहरुको जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले कार्यपत्र प्रस्तुत गर्दै भारतको हेपाह प्रवृत्तीले दैनिक सिमा मिचिने र नेपालीले दुःख पाउने गरेको उल्लेख गरे । आफ्नो भूमी र जनताको रक्षाका लागि सरकारले सुरक्षावललाई सिमामा केन्द्रित गर्नुपर्ने समेत माग गरे । नेपाली सुरक्षाकर्मी सिमाक्षेत्रमा पुग्न नसकेको, राजनीतिकर्मी एकजुट हुन नसकेको, परनिरर्भता र आत्मनिर्भर हुन नसक्दा पटकपटक सिमा विवाद सतहमा आउने गरेको उनको भनाई थियो ।
उनले अहिले केही दलहरुले राष्ट्रियताको कुरा उठाए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका थिए । उनले अव कुनै पनि हालतमा सिमामा सुरक्षा उपस्थिती बलियो बनाउनुपर्ने उनको माग थियो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले सिमा रक्षामा सरकार गम्भिर र संबेदनशिल बन्नै पर्नेमा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सल्लाहकार सुरेश थापा केन्द्रिय सदस्य कमला जि सि, नेपाली काङ्ग्रेस जिल्ला उप सभापति कमान सिंह भारती, नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का विवेक श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादीका समीर केसी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नागरिक समाजका जिल्ला अध्यक्ष चन्द्रराज पन्त, समुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष भुपेन्द्र सुवेदी, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, अखिल नेपाल कानुन ब्यबसायी संघ का केन्द्रिय उपाध्यक्ष नुमानन्द आचार्य लगायतले मन्तव्य राखेका थिए ।
जिल्ला कोषाध्यक्ष स्यामलाल पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला सदस्य सुशील पोख्रेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!