०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सिमा रक्षाको लागि एकजुट हुन जनमोर्चा दाङको आव्हान

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

सागर थापा
दाङ पुस २१ घोराही राष्ट्रियता र सिमा रक्षाका लागि सबै नेपालीमा एक्येबद्धता आवश्यक पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । दाङको नेपाल भारत सिमा क्षेत्रको अवलोकन गरेर फर्केपछि राष्ट्रिय जनमोर्चाले आइतवार घोराहीमा सिमाक्षेत्र र राष्ट्रियता बिषयक अन्तरक्रिया कार्यक्रम गरेर सबैलाई राष्ट्रियताको पक्षमा एक हुने आग्रह गरेको हो ।
राजनीतिक दल, सामाजिक संघसस्थाका प्रतिनीधि, नागरिक समाज, पत्रकारहरुको सहभागीतामा गरिएको अन्तरक्रियामा राष्ट्रियता र सिमा रक्षाका लागि नेपाली एक हुनुपर्नेमा वक्ताहरुको जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले कार्यपत्र प्रस्तुत गर्दै भारतको हेपाह प्रवृत्तीले दैनिक सिमा मिचिने र नेपालीले दुःख पाउने गरेको उल्लेख गरे । आफ्नो भूमी र जनताको रक्षाका लागि सरकारले सुरक्षावललाई सिमामा केन्द्रित गर्नुपर्ने समेत माग गरे । नेपाली सुरक्षाकर्मी सिमाक्षेत्रमा पुग्न नसकेको, राजनीतिकर्मी एकजुट हुन नसकेको, परनिरर्भता र आत्मनिर्भर हुन नसक्दा पटकपटक सिमा विवाद सतहमा आउने गरेको उनको भनाई थियो ।
उनले अहिले केही दलहरुले राष्ट्रियताको कुरा उठाए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका थिए । उनले अव कुनै पनि हालतमा सिमामा सुरक्षा उपस्थिती बलियो बनाउनुपर्ने उनको माग थियो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले सिमा रक्षामा सरकार गम्भिर र संबेदनशिल बन्नै पर्नेमा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सल्लाहकार सुरेश थापा केन्द्रिय सदस्य कमला जि सि, नेपाली काङ्ग्रेस जिल्ला उप सभापति कमान सिंह भारती, नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का विवेक श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादीका समीर केसी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नागरिक समाजका जिल्ला अध्यक्ष चन्द्रराज पन्त, समुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष भुपेन्द्र सुवेदी, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, अखिल नेपाल कानुन ब्यबसायी संघ का केन्द्रिय उपाध्यक्ष नुमानन्द आचार्य लगायतले मन्तव्य राखेका थिए ।
जिल्ला कोषाध्यक्ष स्यामलाल पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला सदस्य सुशील पोख्रेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]