०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

अपराधमुक्त समाज निर्माणका लागि प्रहरीलाई जनताको सहयोग चाहिन्छ: डिआइजी शाह

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

सागर थापा/विबेक बिश्वकर्मा) भैरहवा पुस २२ पाँच नम्बर प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआइजी) सुरेश विक्रम शाहले नागरिकले प्रहरी संगठनलाई सहयोग गर्न आवश्यक रहेको बताएका छन् ।मंगलबार रुपन्देहीको इलाका प्रहरी कार्यालय मर्चवारको नवनिर्मित भवन र ब्यारेकको उद्घाटन गर्दै उनले भने, ‘यो संगठन तपाईहरुको हो, यसलाई मलजल गर्नुस्, हामी लाग्छौं र तपाईंहरुको सेवामा लागिरहन्छौँ।’
उनले नागरिकको सहयोगविना प्रहरीले मात्र केही गर्न नसक्ने बताउँदै अपराधमुक्त समाज निर्माणका लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।’गलत क्रियाकलाप गर्ने समूह÷व्यक्तिको सूचना दिएमा हामीले समाजलाई शान्त राख्न सक्छौँ, उनले भने, ‘जबसम्म तपाईहरुको सहयोग पाउँदैनौं तबसम्म अपराध अनुसन्धानमा सफल भइदैन।’ उनले नागरिकलाई पीडा दिने क्रियाकलाप भएमा आफूहरु नागरिकको प्रहरी हुन नसक्ने भन्दै आचरण, व्यवहारमा थप सुधार ल्याउन आफू मातहतका कर्मचारीलाई निर्देशन दिए। नयाँ भवनजस्तै प्रहरीको सेवा उत्कृष्ठ हुने बताउँदै सत्य सेवा सुरक्षणम् मूलमन्त्र अंगालेर काम गर्ने उनले निर्देशन दिए ।कुल २३ कठ्ठा क्षेत्रफलमा रहेको इप्रका मर्चवारको नयाँ भवन १ करोड ५५ लाख ८३ हजार रुपैयाँको लागतमा निर्माण भएको रुपन्देहीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए।उनले आधुनिक डिजाइनमा निर्माण भएको भवनले नागरिकको सेवा प्रवाहमा सहजता ल्याउनेमा विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

मेष -आफ्नो कुरामा अडिग रहनु पर्ने दिन हो। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ। तर खर्चमा ध्यान दिनुहोस्। वृष -काममा चुनौती आए पनि धैर्य गर्नुहोला, साँझतिर सकारात्मक परिणाम मिल्नेछ। घरपरिवारमा रमाइलो हुनेछ। खानपानमा सावधानी आवश्यक। मिथुन -विद्यार्थी वा प्रतियोगितामा सहभागी भएकालाई राम्रो समय। दाजुभाइ वा साथीसँग मिलेर काम गर्न सकिनेछ। बोल्दा सन्तुलन […]

error: Content is protected !!