१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

नेपाल मिडिया काउन्सिल विधेयक र सरकारको नियत :संसद्मा मिडिया विचाराधीन, बिपुल पोख्रेल

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, साउन १३, २०८२

आचारसंहिताका आधारमा जतिसुकै शक्तिशाली मिडियालाई पनि कारबाहीको दायरामा ल्याउन सक्ने व्यवस्थासहितको काउन्सिल चाहिएको हो

संसद्मा मिडिया काउन्सिल विधेयक विचाराधीन छ । मन्त्रालयले बनाएको र राष्ट्रिय सभाले पारितसमेत गरिसके विधेयक प्रतिनिधि सभामा पुगेको छ । अहिले त्यो विधेयकमाथि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समतिले छलफल भइरहेको छ । विधेयकको मस्यौदा हेर्दा निकै नै आपत्तिजनक छ ।

राष्ट्रिय सभाले केही सच्याएको छ भने केही अनावश्यक संशोधन गरेको छ । मूलतः मिडिया काउन्सिल कुनै पनि माध्यमबाट गरिने पत्रकारितालाई पत्रकार आचारसंहिताको आधारमा अभ्यास गर्न आवश्यक काम गर्ने निकायका रूपमा उभ्याउनुपर्ने संस्था हो । कानुन लगाएर वा बनाएर पत्रकारितालाई सुधार्छु भन्नु असंभव छ । पत्रकार र सञ्चार संथाहरूलाई आफ्नो दायित्व र जिम्मेबारीको बोध गराएरमात्र सही मार्गमा हिँडाउन सकिन्छ भन्ने सिद्धान्तमा बिश्वास गर्ने र तदनुकूलको वतावरण निर्माण गर्नसक्ने हो भनेमात्र पत्रकारितामा सुधार संभव छ । पत्रकारिताका सन्दर्भमा राज्यको अभिभावकीय भूमिका पनि यहीँनेर अपेक्षित हुन्छ ।

पत्रकारितालाई सुधार गर्ने, यसलाई प्रभावकारी बनाउने र परिवर्तन वा रूपान्तरण अनि पारदर्शिताको बलियो अस्त्र बनाउने तथा तिनले दिने लाभबाट नागरिकलाई लाभान्वित बनाउने दिशामा पत्रकारिता निरन्तर क्रियाशील हुनु जरुरी हुन्छ । समाज पारदर्शी भयो भने मात्र सुशासन, सामाजिक न्यायको सही कार्यान्वयन संभव हुन्छ । लोकतान्त्रिक पद्दतिले माग गर्ने पनि पारदर्शी र प्रक्रियागत गतिशीलता हो । यस प्रकारको गतिशीलताको निगरानी पनि पत्रकारिताबाट मात्र संभव छ । त्यसकारण पत्रकारिता सूचनाको ‘अपडेट’ मात्र हैन ।

नेपालमा पत्रकारिताप्रतिको विश्वास क्रमशः कमजोर हुँदैगएको छ । यसका पछाडिका कारणको पहिचान गरी त्यसमा आवश्यक काम नगर्दासम्म विश्वास पुनः बढ्न सक्दैन । मूलधारको अथवा निगरानी राख्ने हैसियतको पत्रकारितालाई कमजोर बनाएपछि मात्र आफ्नो एकतर्फी प्रचार संभव हुन्छ भन्ने भावनाका साथ दुई प्रकारका प्रवृत्तिले काम गर्ने गर्छन् ।

एउटा, शक्ति प्रयोगको अधिकार आफूमा मात्र सीमित गराउन चाहने तत्त्व, अर्को लोकप्रियतावादको आधारमा आफ्नो उपस्थिति जनाउने तत्त्व । यी दुवै तत्व अन्ततः लोकतान्त्रिक पद्धतिका बाधक हुन्छन् । संसारभरको अभ्यासले के देखाएको छ भने कुनै पनि तानाशाहले स्वतन्त्र मिडियालाई आक्रमण गरेरमात्र आफ्नो वर्चस्व जन्माउन सफल भएको छ । लोकप्रियतावादीको नियत पनि त्यही हो ।

नेपालमा पत्रकारितामाथि आक्रमणको पछिल्लो शृङ्खला ‘१२ भाइ, सल्लाह गरेर जे पायो त्यही लेख्छन्’ भन्ने भाष्य निर्माणको प्रयासदेखि प्रकटरूपमा देखिन थालेको हो । त्यसो त फौजदारी संहितासहितका राज्यका नयाँ कानुन पनि त्यसमा दोषी छन् । अहिले मिडिया काउन्सिलका नाममा संसद्मा जस्तो मस्यौदा प्रस्तावित छ त्यो पनि पत्रकारितामाथि आक्रमणको शृङ्खला एउटा कडी नै हो भन्दा अत्युक्ति हुँदैन ।

मिडिया काउन्सिलको सन्दर्भमा केही सैद्धान्तिक स्पष्टता पनि जरुरी छ  बुँदागतरूपमा ती कुराहरू हेरौं । यस संस्थालाई नियामक हैसियत दिने कि नदिने ? संसद् मातहत राख्ने कि मन्त्रालयको ? यी दुईवटा कुरामा सैद्धान्तिक रूपमा प्रष्ट नहुँदासम्म मिडिया काउन्सिलको आवश्यकता र औचित्य पुष्टि गर्न सकिँदैन । त्यसैगरी यसलाई स्वायत्त नियामक हैसियत दिने हो भने निम्म बुँदामा प्रष्ट हुन जरुरी छ ।

१.    यो नियामक निकाय हो सेवा प्रदायक निकायमात्र हैन,

२.    यो स्वायत्त संस्था हो । अरू कसैबाट तोकिएको जिम्मेवारी तामेली गर्ने निकाय हैन,

३.    समाजमा नवीन संस्कृति निर्माणको अभियान थाल्न प्रेरित गर्ने संरचना हो । कार्यान्वयनको भारले थिचिने संस्थामात्र हैन,

४.    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवेदनशीलतामा पक्षमा काम गर्ने संस्था भएकाले नितान्त प्राविधिक प्रकृतिको निकायजस्तो हुनुहुदैन ।

यी कुराहरुमा प्रष्ट नहुँदासम्म काउन्सिलको औचित्य र आवश्यकता तर्कसम्मतरूपमा स्थापित हुन सक्दैन ।

सरकार के चाहन्छ ? केही सन्दर्भ उल्लेख गरौं । पत्रकार महासंघले फौजदारी कानुनका सन्दर्भमा आन्दोलनै गर्‍यो । केही प्रावधानमा सुनावाई ग। पनि सरकारले पत्रकारिताको विषयमा पनि साइबर कानुन प्रयोग गर्ने अभ्यास छाडेन । मिडिया काउन्सिल विधेयकको प्रावधानका सन्दर्भमा आन्दोलन गरेपछि संसद्संग संवाद गरी एउटा सहमति गरियो । संसद्का मुख्य सचेतकहरू त्यो संवादमा संलग्न थिए । अघिल्लो संसद्का सभामुखले त्यसको नेतृत्व गरेका थिए । सहमतिका बुँदाहरु संसद् र सञ्चार मन्त्रालयमा पनि राखियो । त्यसपछि कानुन निर्माणको प्रक्रिया अगाडि बढ्यो । राष्ट्रिय सभाले छलफल र पारित गरी त्यसलाई प्रतिनिधि सभामा पठायो । त्यसमा पनि संवाद र सहमति भएर अन्तिम रूप त दिइयो  तर संसद् विघटन हुँदासम्म पनि त्यसलाई पारित गरिएन ।

नयाँ संसद् आयो । नेपाल पत्रकार महासंघले सरकारसँग मिडिया सम्बन्धित कानुन बनाउन आग्रह गर्‍यो । मन्त्रालयले मस्यौदा सुझाव समिति नै बनायो । त्यसले मिडियासम्बन्धी ४ वटा कानुनमाथि संशोधनका बुँदा तयार गरेर मन्त्रालयमा बुझायो । र महासंघले भन्यो – त्यतिसम्म गर्दा हाललाई ठीकै हुन्छ । तर अहिले राष्ट्रिय सभामा पेस भएको मस्यौदा हेर्दा यी सबै प्रयत्न निरर्थक देखिए ।

महासंघले अस्वीकार गरेको त्यतिबेलाकै विधेयक यथावत् अगाडि बढाइयो । राष्ट्रिय सभाले केही त सच्यायो तर, काउन्सिलको आधारभूत पक्षहरू  यसको स्वायत्तता र विशिष्टतालाई पूरै उपेक्षा गरेर मन्त्रालयमातहतको एउटा अंगमा सीमित गर्न चाहेको देखियो ।

मन्त्रालयको सचिव नेतृत्वको समितिको सफिारिसमा काउन्सिल गठन गर्ने, केही समस्या देखिए मन्त्रालयले समिति बनाई अध्ययनको प्रतिवेदनको आधारमा हटाउनसक्ने प्रावधान मस्यौदामा छ । आचारसंहिता बनाउने निकायका रूपमा काउन्सिललाई भनिए पनि पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघको सहभागिता

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!