१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

आईतवार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन २५, २०८२

मेष -आज कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। पारिवारिक विषयमा स्नेह र आत्मियता अनुभव हुनेछ। यात्रामा सावधानी अपनाउनु राम्रो हुन्छ। व्यापारिक क्षेत्रमा लाभको संकेत छ, तर नयाँ लगानी सोचेर गर्नुहोस्।

वृष-आर्थिक पक्ष बलियो बन्दै जानेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। घरमा धार्मिक वा सांस्कृतिक गतिविधि हुनसक्छ। यात्रामा शुभ फल प्राप्त हुनेछ।

मिथुन काममा चुनौती आउन सक्छ, तर धैर्यले समाधान हुनेछ। स्वास्थ्यप्रति ध्यान दिनुहोस्। आर्थिक पक्ष मध्यम रहला। आत्मविश्वासले काम सफलतामा पुग्नेछ।

कर्कट-नयाँ योजना र अवसर हात लाग्ने सम्भावना छ। मित्र वा आफन्तको सहयोग पाइनेछ। व्यवसायमा फाइदा हुने संकेत छ। प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ।

सिंह-आज निर्णयहरू सोचविचार गरेर लिनुहोस्। करियरमा अवसर आउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ। स्वास्थ्यमा अलिक थकान महसुस हुनसक्छ।

कन्या-विद्या, अध्ययन र यात्रामा सफलता मिल्नेछ। धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागिता बढ्नेछ। व्यापारमा मुनाफा हुने संकेत छ। साथीहरूको साथ पाइनेछ।

तुला-आर्थिक लेनदेनमा सावधानी आवश्यक छ। गोप्य योजना अरूसँग नबाँड्नु राम्रो। स्वास्थ्यमा सुधार आउनेछ। पारिवारिक वातावरण सामान्य रहला।

वृश्चिक-साझेदारी र सम्बन्धमा सहयोगको वातावरण बन्‍नेछ। व्यापारमा उन्नति हुनेछ। वैवाहिक जीवनमा मिठास बढ्नेछ। यात्रामा लाभ मिल्नेछ।

धनु-कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्। आर्थिक पक्ष मध्यम तर स्थिर रहला। मेहनतको परिणाम बिस्तारै देखिनेछ।

मकर-सृजनात्मक कार्यमा सफलता पाउने दिन हो। प्रेम र सम्बन्धमा आत्मियता बढ्नेछ। आर्थिक पक्ष बलियो हुने संकेत छ। मन रमाउने दिन हुनेछ।

कुम्भ-घर-परिवारको विषयमा व्यस्त रहनुपर्नेछ। थोरै तनाव भए पनि परिणाम राम्रोतिर जानेछ। सम्पत्ति सम्बन्धी कार्य सफल हुनेछ।

मीन-यात्रा, अध्ययन वा तालिमका अवसर प्राप्त हुनेछ। भाइबहिनी वा साथीहरूको साथ पाइनेछ। व्यापारमा नयाँ सम्भावना देखापर्नेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष -नयाँ अवसर प्राप्त हुने समय छ। आत्मविश्वास बढ्नेछ र अधुरो काम पूरा गर्न सकिनेछ। तर, अनावश्यक विवादबाट बच्नुहोस्। पारिवारिक सहयोग पाइनेछ। वृष -धनलाभको सम्भावना छ। व्यवसायिक योजना सफल हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन -मित्रहरूसँग रमाइलो समय बित्ने दिन। छोटो यात्राबाट लाभ हुनेछ। तर, […]

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

error: Content is protected !!