१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

ट्राफिक नियमको उल्लंघन गर्ने सबैलाई कार्वाही हुनुपर्छ डिआइजी:पोख्रेल

Logo
प्रकाशित बिहिबार, पुष २४, २०७६

सागर थापा (क्राईमबिट) काठमाण्डौ,२४ पुस सडक नियम उल्लंघन गर्ने जो कोही भए पनि कानूनी कारवाही निर्दयिताका साथ गरी कसैलाई पनि सहुलियतको सुविधा नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले ट्राफिक प्रहरीलाई निर्देशन दिनु भयो । बिहिबार विहान महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै सो कुरा बताउनु भएको हो ।
सडकमा डिउटी गरिरहेको ट्राफिक प्रहरी राष्ट्रिय/­अन्तराष्ट्रिय जगतको निग्रानीमा रहने भएकाले उसको बोली,बचन व्यवहार अनुशासन र निश्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छवीमै प्रभाव पार्ने भएकाले ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफुलाई प्रस्तुत गर्नु पर्ने बताउनु भयो ।
धुलो-धुवा, घाम-पानी नभनी हरपल डिउटीमै खटिने ट्राफिक प्रहरी एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने हुनाले आर्थिक पक्षमा Zero Tolerance को नीति अबलम्बन गर्न निर्देशन दिदै राम्रो काम गर्ने कर्मचारीहरूलाई नागरिकको साथ सदैव रहने स्मरण गराउदै गलत क्रियाकलाप गरेमा कसैको समर्थन नहुने हुनाले नागरिकको समर्थन प्राप्त गर्ने गरि कार्य गर्नु पर्ने उहाँले बताउनु भयो ।
सबै क्षमता र ओहदाका नागरिकहरूसंग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार्दै बोली वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाउन र कानून कार्यान्वयनमा निर्ममता अपनाई कार्य गर्न पनि मातहत कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

error: Content is protected !!