२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

१५ हजार घुस लिदा अदालत सम्म पुग्नुपर्ने भयो

Logo
प्रकाशित शनिबार, पुष २६, २०७६

(एबिसी संचार)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पञ्जियारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइ दिएबापत रु १५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
निज प्रनानी निरीक्षक पञ्जियारविरुद्ध सोही रकम बराबर बिगो माग दाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको भन्दै श्री जनजौ कुमारी शाही प्राथमिक विद्यालय तनहुँको शिक्षिका अनिता पोखरेलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निजले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणासीबाट प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गरेको झुठ्ठा प्रमाणपत्र पेश गरी २०५६ मङ्सिर १० देखि २०७५ चैत ८ गतेसम्म शिक्षिकाका रुपमा काम गरेको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]