२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

सामाजिक अपराध रोकथाम र नियन्त्रण गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम हुन जरुरी छ DIG पोख्रेल

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं पुस २७ समुदाय-प्रहरी साझेदारी अन्तर्गत सुरक्षा सुदृढिकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम नयाँबानेश्वरमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महिला हिंसा, जबरजस्ती करणी तथा आत्महत्या लगायतका सामाजिक अपराध रोकथाम र नियन्त्रण गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रहेको बताए ।
आर्थिक पक्षमा शून्य सहनशीलता कायम गरी प्रहरीको आचरण व्यवहारमा अझ सुधार गर्दै थप गुणस्तरीय सेवा प्रवाह गर्नु प्रहरीको उद्धेश्य भएको उनले बताए ।
प्रा.डा. वासुदेव त्रिपाठी, स्थानीय जनप्रतिनिधिहरु समेतले मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रममा मानव सेवा आश्रम तथा अचेल नाट्य समूहका कलाकारहरूले लागूऔषधको सेवनले समाजमा पार्ने नकारात्मक प्रभाव र कसरी लागूऔषधको कुलतमा पर्दछन् भन्ने सम्बन्धि जनचेतनामूलक नाटक प्रदर्शन गरेका थिए ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र सामुदायिक सेवा केन्द्र बानेश्वरद्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, विभिन्न संघ संस्था तथा विद्यालयका प्रतिनिधिहरु, संचारकर्मी र स्थानियबासी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]