२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

गृहमन्त्री बादललाई सरुवा गरी गृहको जिम्मा सिलवाललाई दिने प्रधानमन्त्रीको तयारी

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

काठमाडौं, २७ पुस राष्ट्रिय सभाको निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ । चुनावअघि अर्थमन्त्री युवराज खतिवडा जिम्मेवारीबाट अलग हुनेछन् । चुनावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री मात्र छान्ने योजना बनाएका छैनन्, मन्त्रिपरिषद् नै पुनर्गठनको तयारी थालेका छन् ।
अर्थ मन्त्रालयमा पदपूर्ती गर्दा प्रधानमन्त्री ओलीले नयाँ रणनीति अख्तियार गर्नसक्ने अनुमान लगाइएको छ ।
अर्थ मन्त्रालयमा नयाँ अनुहार भन्दा पनि अहिले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई जिम्मेवारी दिएर केही नयाँ अनुहारलाई अन्य मन्त्रालयमा प्रधानमन्त्रीले नियुक्त गर्न सक्नेछन् ।
खाली हुने अर्थ मन्त्रालयमा उपप्रधानमन्त्रीसहतिको जिम्मेवारीमा नेता ईश्वर पोखरेलको सरुवा हुन सक्ने अनुमान गरिएकोछ । रक्षा मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादललाई सरुवा गरी गृहको जिम्मा नयाँ अनुहारलाई दिनसक्ने बताइन्छ । सम्भवतः सुरक्षा मामिला जानकार प्रतिनिधि सभा सदस्य नवराज सिलवाललाई प्रधानमन्त्री ओलीले गृह मन्त्रालयको जिम्मेवारी दिनेछन् ।
बालुवाटार स्रोतका अघिल्लो पटक पुनर्गठनका क्रममा कार्य सम्पादन नराम्रो हुँदा पनि रहेका र आलोचनामा परेका मन्त्री समेत प्रधानमन्त्रीले हटाउन सक्नेछन् । खानेपानी मन्त्री बिना मगरलगायतलाई हटाउन सक्ने बताइएको छ । उक्त मन्त्रालयमा महेश बस्नेतको नाम अगाडि सार्ने तयारीमा प्रधानमन्त्री रहे पनि उक्त मन्त्रालय पूर्वमाओवादी कोटामा रहेका कारण बस्नेतको निश्चितचाहिँ छैन ।
कानुन र सहरी विकास मन्त्रालय भने खाली नै रहनेछन् । उक्त दुई मन्त्रालय सरकारमा दुई तिहाई समर्थन कायम राख्नका लागि राष्ट्रिय जनता पार्टीका लागि सुरक्षित राखिनेछन् ।
‘मन्त्रीका आकांक्षी धेरै छन् । चित्त बुझाउनका लागि भए पनि अवसर नपाएका नेतालाई जिम्मेवारी दिने तयारी भएको छ’, स्रोतले भन्यो ।
खासगरी हालसम्म मन्त्री नभएका अनुहारलाई मौका दिने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् । खाली रहेका ठाउँमा नयाँ अनुहारले नै मौका पाउन सक्ने सम्भावना अधिकतम् रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!