१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

बाणिज्य बैंकको सुरक्षा आपूर्तिसम्बन्धी ठेक्कामा गोलमाल आफ्नो कम्पनीलाई टेन्डर अख्तियार आयुक्तकै दबाब

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २०, २०८२

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सुरक्षा आपूर्तिसम्बन्धी ठेक्कामा गोलमाल देखिएको छ । मापदण्ड विपरीत बोलपत्र पेस गर्ने कम्पनीलाई टेन्डर पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयुक्तकै दबाबपछि यो प्रक्रियामा अन्योलता देखिएको हो ।

दबाब अनुसार काम गर्दा स्वीकृत बोलपत्रको आशय विपरीत हुने भन्दै बैंकले यसलाई रोक्न चाहेको छ । तर, आयुक्त जयबहादुर चन्दले पटक पटक आफ्नो कम्पनीलाई ठेक्का पार्न दबाब दिइरहेको बैङ्क निकट स्रोतले जनाएको छ ।

के हो समस्या ?
गत असार १३ गते बैंकका देशभरका कार्यालयका लागि बैंकले आउटसोर्सिङबाट ९५० जना सुरक्षा गार्डको माग गरेको थियो । यसका लागि बोलपत्र पेस गर्न आपूर्तिकर्ता कम्पनीलाई साउन ११ गतेसम्मको समय दिइएको थियो । यो बोलपत्र प्रक्रियामा सहभागी हुँदा आवश्यक सबै सर्त तोकेर बोलपत्र आह्वान गरिएको थियो । सो आठवटा सुरक्षा गार्ड आपूर्तिकर्ता (सेक्युरिटिज) कम्पनीको आवेदन परेको थियो ।

सुरक्षा गार्ड आपूर्तिमा केही समय अघिसम्मा न्यूनतम बोलकबोललाई नै छनोट गर्ने व्यवस्था थियो । तर, सुरक्षा गार्डहरूले न्यूनतम पारिश्रमिक नपाएको, अन्य सेवा सुविधा समेत उपलब्ध नगराइएको लगायतको गुनासोपछि पछिल्लो समय एउटा मापदण्ड निर्धारण भएको छ । यसमा सुरक्षा गार्डले पाउने न्यूनतम तलब, वार्षिक सुविधा, पोसाक, भत्ता लगायतको न्यूनतम लागत निर्धारण गरिएको छ ।

ती सबै लागतपछि कम्पनीले आफ्नो इच्छाअनुसार निश्चित प्रतिशतसम्म सेक्युरिटिज कम्पनीको सञ्चालन खर्च जोड्न पाउने व्यवस्था छ । आपूर्तिकर्ता संस्थाबिच हुने लागत प्रतिस्पर्धा त्यही खर्च मात्रै हो । रातोपार्टी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!