२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरीको रिक्त ६ डिआइजी हरुको बढुुवाको तयारीमा

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं पुस २९ सशस्त्र प्रहरी बलमा रिक्त डिआईजीका दरबन्दीमा बढुवा प्रक्रिया सुरु भएको छ । ६ पद रिक्त रहेकोमा गृहमन्त्रालयको बढुवा समितिले आईतबार रिक्त ६ पदका लागी सुचना प्रकाशित गरेको हो ।
बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलद्धारा हस्तारित सुचनामा आफुले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाण पत्रको प्रतिलिपिहरु संलग्न गरी मुल्यांकन फारम भरी ७ दिनभित्र पेश गर्न उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरी बलका डीआईजीहरु सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे, अरविन्द धिताल, रामप्रकाश श्रेष्ठ, वसन्त बानियां र राजुराम सुवालले अवकास पाएपछि बढुवा प्रक्रिया सुरु भएको हो । जसमध्ये तीन जनाले डिआईजीको पाँच वर्षे पदावधिका कारण अवकाश पाएका हुन् ।
बढुवाका लागि सशस्त्र प्रहरीमा दौडधुप सुरु भइसकेको छ । रिक्त ६ दरबन्दीमा बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, केबी ब्रम्हाचार्य, हरिशचन्द्र अधिकारी, किशोर प्रधान, गणेश ठाडा मगर, वंशिराज दाहाल, अभिकुमार खत्री लगायत दौडधुपमा छन् । उता नेपाल प्रहरीमा भने बढुवो सुरसार छैन । प्रहरीमा पनि डिआईजीसम्मका दर्जनौं सिनियर पदहरु रिक्त छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!