०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सशस्त्र प्रहरीको रिक्त ६ डिआइजी हरुको बढुुवाको तयारीमा

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं पुस २९ सशस्त्र प्रहरी बलमा रिक्त डिआईजीका दरबन्दीमा बढुवा प्रक्रिया सुरु भएको छ । ६ पद रिक्त रहेकोमा गृहमन्त्रालयको बढुवा समितिले आईतबार रिक्त ६ पदका लागी सुचना प्रकाशित गरेको हो ।
बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलद्धारा हस्तारित सुचनामा आफुले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाण पत्रको प्रतिलिपिहरु संलग्न गरी मुल्यांकन फारम भरी ७ दिनभित्र पेश गर्न उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरी बलका डीआईजीहरु सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे, अरविन्द धिताल, रामप्रकाश श्रेष्ठ, वसन्त बानियां र राजुराम सुवालले अवकास पाएपछि बढुवा प्रक्रिया सुरु भएको हो । जसमध्ये तीन जनाले डिआईजीको पाँच वर्षे पदावधिका कारण अवकाश पाएका हुन् ।
बढुवाका लागि सशस्त्र प्रहरीमा दौडधुप सुरु भइसकेको छ । रिक्त ६ दरबन्दीमा बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, केबी ब्रम्हाचार्य, हरिशचन्द्र अधिकारी, किशोर प्रधान, गणेश ठाडा मगर, वंशिराज दाहाल, अभिकुमार खत्री लगायत दौडधुपमा छन् । उता नेपाल प्रहरीमा भने बढुवो सुरसार छैन । प्रहरीमा पनि डिआईजीसम्मका दर्जनौं सिनियर पदहरु रिक्त छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]