१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

सगरमाथा सिमेन्टको बोरामा माटो भेटियो बिभागले ३ महिना उद्योग बन्द गर्ने

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

(एबिसी संचार ब्युरो)
काठमाडौं घोराही सिमेन्टले माटैमाटो भएको सिमेन्ट बेचेको फेला परेपछि सरकारले त्यसको उत्पादन रोक्ने तयारी गरेको छ ।
घोराहीले उत्पादन गरेको एक बोरा सिमेन्टमा माटोको मात्रा १३ प्रतिशत भन्दा बढी देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले त्यसको उत्पादन रोक्ने तयारी थालेको हो ।घोराहीले ओपीसी सिमेन्टको नाममा माटो बेचेको परीक्षणबाट देखिएपछि विभागले १५ दिने स्पष्टीकरण सोधेको थियो । घोराहीले स्पष्टीकरण समेत बुझाइसकेको छ ।
उत्पादित सामान र स्पष्टीकरणलाई हेरेर विभागले तीन महिनाका लागि उद्योग बन्द गराउने तयारीमा पुगेको हो ।घोराहीले ओपीसी सिमेन्टमा आईआर अर्थात सिमेन्टमा हुने माटो वा अन्य पदार्थको मात्रा १३ प्रतिशत भन्दा बढी फेला पारेको थियो । जबकि, कानुन अनुसार ओपीसी सिमेन्टमा २ प्रतिशत भन्दा बढी आईआर हुनु हुँदैन।
सिमेन्टमा माटोको मात्रा बढी मिसाएपछि लागत कम पर्ने र बढी मूल्य लिने दाउले उद्योगले यस्तो गरेको हुनसक्ने विभागले आँकलन गरेको छ ।त्यसरी माटो राखेर बनाइएको सिमेन्ट प्रयोग गर्दा घर तथा अन्य संरचनामा छिटै टुट्ने वा बिग्रिने सम्भावना हुने विभागले बताएको छ । सिमेन्टमा माटोको मात्रै हुनु नै हुँदैन ।
तर, पनि सरकारले २ प्रतिशतसम्मलाई छुट दिएको छ । तर, घोराहीको १३ प्रतिशतभन्दा बढी देखिएकाले उद्योग बन्द गर्नुको विकल्प नभएको विभागले जनाएको छ ।विभागका महानिर्देशक विश्वबावु पुडासैनीले घोराहीलाई स्पष्टीकरण सोधिएको र उसले पनि बुझाइसकेको छ । अब त्यसलाई हेरेर थप कारबाही अघि बढाइने उनले बताए । घोराहीको लापरबाही हेर्दा तीन महिना उद्योग बन्द गर्नुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]

मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त । वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा । प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ […]