२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आवास कम्पनीका प्रमुख महेन्द्र थापालाई नेकपा बहुमतका कार्यकर्ताहरूले कालोमोसो दले

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर २१, २०८२

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् ।

नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ दलेको सार्वजनिक भिडियोमा देखिएको छ ।

उनीहरूले आफूहरू नेकपा बहुमतबाट जनकारबाही गर्न आएको भन्दै दुर्व्यवहार गरेका थिए । कालो पदार्थ दलेपश्चात् उनीहरू नेकपा बहुमत जिन्दाबाद भन्दै नारा लगाएका थिए । घटनाबारे थापाले जिल्ला प्रशासनमा जानकारी दिएका थिए ।

यसैबीच घटनापछि नेकपा बहुमत निकट कम्युनिष्ट युवा संगठनले निकालेको विज्ञप्ति विभिन्न ६ वटा आरोप लगाउँदै कारबाही गरेको जनाइएको छ । देशमा देखिएको भ्रष्टाचारकाविरुद्ध संगठनले देशव्यापी सञ्चालन गरेको जनकारबाही स्वरुप थापामाथि कारबाही गरिएको विज्ञप्तिमा जनाइएको छ ।

थापामाथि बर्दघाट नगरपालिकास्थित चिसापानीमा स्थानीयले संरक्षण गरेको जग्गा व्यक्तिगत कम्पनीलाई बिक्री गरेको, परिवारका सदस्यहरूलाई राष्ट्रिय आवास कम्पनीको केन्द्रीय कार्यालयमा जागिर खुवाएको आरोप लगाइएको छ ।

संगठनका ५ नम्बर ब्युरो इन्चार्ज मिलन थापाको नाउँबाट जारी गरिएको विज्ञप्तिमा कम्पनीबाट बिक्री भएका जग्गाको अभिलेख नराखी करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको, जग्गा बिक्री गर्दा स्थानीयसँग घुस माग्ने गरेकोजस्ता आरोप लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]