२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

बर्दिया राजापुर रेष्टुरेन्टमा गोली चल्यो रेस्टुरेन्ट स्टाफ २७ वर्षीय निरज चौधरीको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर २२, २०८२

बर्दिया । राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गरिएको गरिएको छ ।

अचेत अवस्थामा थारु घरमा फेला परेपछि उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।

गोली उनको गाला र दुबै कानमा लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट गोलीका खोका फेला परेको प्रनि कार्कीले बताए ।

उनको शव पोष्टमार्टमका लागि नेपालगञ्जमा राखिएको र रिर्पोट आएपछि थप जानकारी प्राप्त हुने उनको भनाइ छ । दाङ, तुलसीपुर नगरपालिका– ५ का निरज चौधरीको गोली प्रहार गर्ने मानिस मोटरसाइकलमा फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली काण्डबारे पोष्टमार्टमको रिर्पोट नआएसम्म विस्तृत जानकारी दिन नसकिने बताएको छ । कसले र किन हत्या गरेको हो भन्ने खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयले अनुसन्धान जारी राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको कार्यालय तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियमसम्बन्धि सचेतना कार्यक्रम गर्नुका साथै हुस्सु, कुहिरोको कारणले हुन सक्ने सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी साधनमा रेडियम स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बाँके । संयुक्त सिमा गस्ती वडा एरिया अन्तर्गत पर्ने नेपाल – भारत सिमा क्षेत्रमा हुने अवैध गतिबिधी रोक्न, शान्ति सुरक्षाको सुनिश्चितता गर्न, सिमा सुरक्षा कायम गर्न, चोरी झैंझगडा रोकथाम नियन्त्रण गर्न तथा समकक्षी सुरक्षा निकायसंगको सम्बन्ध सुमधुर कायम गर्ने उद्देश्यले यस इलाका प्रहरी कार्यालय धनौली, सशस्त्र प्रहरी बल बि.ओ.पि.बढैया र भारतिय सीमा सुरक्षा बल सीमा […]

बर्दिया । राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गरिएको गरिएको छ । अचेत अवस्थामा थारु घरमा फेला परेपछि उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए । गोली उनको गाला र दुबै कानमा […]

error: Content is protected !!