२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

जेनजी प्रदर्शनमा ‘टिओबीयो समूहका कमाण्डर तेन्जिङ दावा लामा धरौटीमा रिहा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतङ्क मच्चाउने समूहका कमाण्डर तेन्जिङ दावा लामा धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौँको आदेश अनुसार उनी ५ लाख २० हजार धरौटी तिरेर छुटेका हुन् । उनलाई म‌ंगलबार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

प्रहरीले तेन्जिङ विरुद्ध नागरिकता, राहदानी, लिखत सम्बन्धी कसुर र लागुऔषध मुद्दामा अनुसन्धान गरेको थियो । सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो

तेन्जिङ तिब्बतीयन मुलका हुन् । २०१७ मा तेन्जिङले बौद्धमा ‘टिओबी ट्याटु हाउस’ खोलेका थिए । जेनजी प्रदर्शनको क्रममा भदौ २३ र २४ मा बुलेट मोटरसाइकल हुइँक्याएर तेन्जिङको समूहले उच्छृङ्खल गतिविधि गरेको थियो ।

टिओबीको अर्थ ‘तिब्बतीयन ओर्जिनल ब्लड’ भनिएको छ । कमाण्डर तेन्जिङ भएपनि टिओबीका सदस्यहरूले सुरेन्द्र गुरुङ ‘हाकिम’लाई रोलमोडल मान्ने गर्छन् । टिओबीमा ५७ जना सदस्य रहेको एसपी पवन भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!