पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्।
सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ।
साहलाई नियन्त्रणमा लिइएको कारण भारतमा हालै बरामद ५० किलो चरेस प्रकरणमा उनको नाम जोडिनु भएको बताइएको छ। घटनाले नेपाल–भारत सीमामा सुरक्षा समन्वयको गम्भीर कमजोरी फेरि उजागर भएको छ।