०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु एकजना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर २६, २०८२

पाल्प । निस्दी गाउँपालिका- ४ मित्यालमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

मित्यालबाट नवलपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स जिप बाटोमै रोकिएर यात्रु झार्ने क्रममा झन्डै ६ सय मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

कति जना सवार थिए भन्ने यकिन नभए पनि पाँच जना घाइतेलाई स्थानीय र मित्याल प्रहरी चौकीबाट पुगेको टोलीले उद्धार गरी रामपुर अस्पताल पठाइएकाले उपचार भइरहेको छ । भिरालो भू-भागका कारण उद्धार कार्य चुनौतीपूर्ण रहेको स्थानीय पुनाराम सुनारीले बताए ।

घटना स्थलको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा अर्को टोली खटाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका तीन जनाको सनाखत हुन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

error: Content is protected !!