२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रुपन्देहीको एक सुधार केन्द्रमा राखिएका युवकको शंकास्पद मृत्यु परिवारहरुद्वारा प्रहरीमा उजुरी

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर २७, २०८२

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो ।

केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट ढकालको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् ।

केन्द्रले भने ढकाल भाग्नका लागि भवन माथिबाट हामफाल्न खोज्दा लडेर घाइते भएको र त्यसपछि उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

ढकालका परिवारले घटनाको निष्पक्ष छानबिनका लागि भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । पीडितको जाहेरीपछि केन्द्रका कर्मचारी र त्यहाँ राखिएका समेत ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले केन्द्रका कर्मचारी आशिष विकसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

पीडितका मामा रामगोपाल भण्डारीले भान्जालाई १३ दिनअघि सुधार केन्द्रमा राखिएको, त्यसपछि परिवार र आफन्त कसैलाई पनि भेट गर्न नदिइएको बताए । ‘भित्र राखेपछि कसैलाई भेट गर्नै दिइएन,’ उनले भने, ‘एकैपटक मृत्यु भएपछि मात्र खबर गरियो ।’

डिपेन्डेन्टका रुपमा बेलायतमा बस्दै आएका ढकाल लागूऔषध दुर्व्यसनमा परेपछि उपचारका लागि नेपाल लगिएको थियो । उनलाई परिवारले कात्तिक २५ गतेदेखि केन्द्रमा राखेको थियो ।

मामा भण्डारीका अनुसार केन्द्रले तीन महिनाका लागि १ लाख रुपैयाँ रकम लाग्ने जनाएपछि पहिलो महिनाको ३० हजार रुपैयाँ भुक्तानी गरी सकिएको थियो ।

केन्द्रले चौतारी हस्पिटल प्रालिका नाममा नशा, स्नायू तथा मनोरोग अस्पताल पनि सञ्चालन गर्दै आएको छ ।

मृतक नारायण ढकालका बुवा धर्म ढकाल लगायत परिवारले आफ्नो छोराको हत्या गरिएको भन्दै पुन:स्थापना केन्द्रले नै उक्त घटनाको पूर्ण जिम्मेवारी लिनुपर्ने र दोषीहरुलाई कडा कारबाही गरिनुपर्ने माग गरेका छन् । अनलाईन खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!