०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

रुपन्देहीको एक सुधार केन्द्रमा राखिएका युवकको शंकास्पद मृत्यु परिवारहरुद्वारा प्रहरीमा उजुरी

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर २७, २०८२

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो ।

केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट ढकालको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् ।

केन्द्रले भने ढकाल भाग्नका लागि भवन माथिबाट हामफाल्न खोज्दा लडेर घाइते भएको र त्यसपछि उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

ढकालका परिवारले घटनाको निष्पक्ष छानबिनका लागि भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । पीडितको जाहेरीपछि केन्द्रका कर्मचारी र त्यहाँ राखिएका समेत ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले केन्द्रका कर्मचारी आशिष विकसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

पीडितका मामा रामगोपाल भण्डारीले भान्जालाई १३ दिनअघि सुधार केन्द्रमा राखिएको, त्यसपछि परिवार र आफन्त कसैलाई पनि भेट गर्न नदिइएको बताए । ‘भित्र राखेपछि कसैलाई भेट गर्नै दिइएन,’ उनले भने, ‘एकैपटक मृत्यु भएपछि मात्र खबर गरियो ।’

डिपेन्डेन्टका रुपमा बेलायतमा बस्दै आएका ढकाल लागूऔषध दुर्व्यसनमा परेपछि उपचारका लागि नेपाल लगिएको थियो । उनलाई परिवारले कात्तिक २५ गतेदेखि केन्द्रमा राखेको थियो ।

मामा भण्डारीका अनुसार केन्द्रले तीन महिनाका लागि १ लाख रुपैयाँ रकम लाग्ने जनाएपछि पहिलो महिनाको ३० हजार रुपैयाँ भुक्तानी गरी सकिएको थियो ।

केन्द्रले चौतारी हस्पिटल प्रालिका नाममा नशा, स्नायू तथा मनोरोग अस्पताल पनि सञ्चालन गर्दै आएको छ ।

मृतक नारायण ढकालका बुवा धर्म ढकाल लगायत परिवारले आफ्नो छोराको हत्या गरिएको भन्दै पुन:स्थापना केन्द्रले नै उक्त घटनाको पूर्ण जिम्मेवारी लिनुपर्ने र दोषीहरुलाई कडा कारबाही गरिनुपर्ने माग गरेका छन् । अनलाईन खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

error: Content is protected !!