०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

इन्डोनेसियामा आएको बाढी र पहिरोबाट मृत्यु हुने १ हजार नाघ्यो २१८ जना अझै बेपत्ता

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर २८, २०८२

एजेन्सी । इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको उल्लेख गर्दै २१८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार जनाएको छ। एजेन्सीका अनुसार विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने उद्धार कार्य अझै जारी रहेको छ।

बिएनपिबीको तथ्याङ्क अनुसार करिब एक हजार २०० सार्वजनिक सुविधाहरूका साथै २१९ स्वास्थ्य सुविधाहरू, ५८१ शैक्षिक सुविधाहरू, ४३४ मन्दिरहरू २९० कार्यालय भवनहरू र १४५ पुलहरू क्षतिग्रस्त भएका छन्।

यसैबीच, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले शुक्रबार आचेहको विपद् प्रभावित क्षेत्रहरूको भ्रमणका क्रममा सरकारले समुदायको विभिन्न आधारभूत आवश्यकताहरू पूरा गर्न काम गरिरहेको बताएका छन्।

विपद्को समयमा सबैले मिलेर स्थितिमा सुधार गर्ने आशा व्यक्त गर्दै सरकारले आवश्यक  सहयोग गर्ने प्रबोवोले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

error: Content is protected !!