१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

विद्यार्थी अभिभावकहरु हिजो अमेरिका अस्ट्रेलिया जान पठाउन मरिहत्ते अहिले पछुताउँदैछन्?

Logo
ABC-Sanchar प्रकाशित सोमबार, मंसिर २९, २०८२

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे।

काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज फ्रि तिर्नैपर्यो, कोठा भाडा तिर्नैपर्यो, बसमा चढ्दा शुल्क तिर्नुपर्छ, बाहिर हिँड्डुल गर्दा अलिअलि पैसा चाहिन्छ नै अनि सबैभन्दा महत्त्वपूर्ण अमेरिका, अस्ट्रेलिया जाँदा लिएको ऋण, त्यसको पनि त साँवाब्याज तिर्नुपर्यो। तर, कामै गर्न नदिएपछि यी सबै खर्च कसरी धान्ने वा ऋण कसरी चुक्ता गर्ने ? भनेर सन्तान विदेशमा र आमाबुबा नेपालमा बसेर चिन्तित छन्।

उता, छोराछोरीले काम गर्न नपाएपछि यता अभिभावकसँग रकम पठाइदिन अनुरोध गर्छन्। अहिले त सम्पत्ति हुने अभिभावकले समेत पैसा पठाउनसक्ने अवस्था छैन । केही वर्षयता नेपालमा आर्थिक मन्दी छ । घरजग्गा, गाडी, सेयर कारोबार ठप्प छ। व्यापार व्यवसाय ठप्प छ। बेरोजगारी बढ्दो छ । यसले आफूसँग भएको धितो वा वस्तु बेचेर पैसा पठाउन खोज्दा केही बिक्री नै हुँदैन । ऋण कसैले पत्याउँदैन, पहिल्यैकै ऋण पनि तिर्न बाँकी छ।

यसकारण सन्तान अमेरिका, अस्ट्रेलिया भएका अभिभावकहरु निकै चिन्तामा छन् । ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि’ भनेझैं भएको छ, उनीहरुलाई । अध्ययन भिसा भनेको पढ्नमात्र जाने हो । अध्ययन भिसामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता देश गएर काम गर्न पाइँदैन । त्यसो गरिए भिसा रद्दसमेत हुनसक्छ ।

विकसित मुलुकहरुले यत्तिकै अध्ययन भिसा दिँदैनन् । त्यसका लागि बैंक ब्यालेन्स, सम्पत्ति विवरण र मासिक आम्दानीलगायत सबै विवरण बुझाउनुपर्छ । छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाउन कन्सल्ट्रेन्सीको लहैलहैमा अभिभावकहरुले झुट्टा बैंक ब्यालेन्स, सम्पत्ति विवरण पेश गरे ।

आफ्नो नाममा चार आना जग्गा नभएपनि आफन्त वा कन्सल्ट्रेन्सीले मिलाइदिएर करोडौंको घरजग्गा, करोडौं बैंक ब्यालेन्स र मासिक लाखौं आम्दानीको विवरण पेश गरियो । सम्पत्ति टन्न देखेपछि अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत देशले पनि भिसा दियो । भिसा आएपछि आफन्त, साथीभाइसँग एक लाखको मासिक पाँच हजारदेखि ३० हजारसम्म अथवा बैंक वा वित्तिय संस्थाबाट चर्को ब्याजदरमा २० लाखदेखि ४० लाख रुपैयाँसम्म ऋण लिए । र, छोराछोरीलाई विदेश पठाए ।

उनीहरुले सोचेका थिए कि छोराछोरी पुगेको ६ महिनामै ऋण तिर्न सकिन्छ । तर, छोराछोरी विदेश पुगेपछि स्थिति उल्टियो । एकातिर काम नपाउने, अर्कोतिर काम पाएपनि गर्न नपाउने । यसले ऋणको साँवाब्याज त बढ्दै गयो नै सँगै कलेज फ्रि तिर्न नसक्दा सम्बन्धित देशले फिर्ता पठाइदिने सम्भावना बढेको छ । सोचेजस्तो नभएपछि कतिपय विद्यार्थीले उतै आत्महत्या पनि गरेका छन् । फेरि छोराछोरीले आत्महत्या गरेपछि अभिभावकसँग लाश ल्याउनेसमेत पैसा हुँदैन ।

त्यसकारण कतिपय अभिभावकले उतै दाहसंस्कार गरेर छोराछोरीको खरानीमात्रै यहाँ ल्याउँछन् । बुढ्यौलीमा सन्तान गुमाएपछि अभिभावकहरु डिप्रेसनमा जान्छन् । एकातिर सम्पत्तिको नाममा केही छैन, अर्कोतिर ऋण चोखै बाँकी छ, अनि अभिभावक पनि बाध्य भएर आत्महत्याको बाटो रोज्छन् । यसरी विकसित मुलुकको सपना र रहरमा धेरैको परिवारै सिद्धिएको अवस्था छ ।

आजकल अलिकति बुझ्ने हुनेबित्तिकै बालबच्चाहरु ठूलो भएर अमेरिका, अस्ट्रेलिया, क्यानडा जान्छु भन्छन् । नभए अभिभावक नै उनीहरुलाई त्यसो भन्छन् । उता, कन्सल्ट्रेन्सीहरुले विद्यालय–कलेजहरुमा एजेन्ट खटाएर विद्यार्थीहरु उचाल्छन्। ‘नेपालमा बसेर केही हुँदैन, अमेरिका, अस्ट्रेलिया गए चाँडै कमाइन्छ’ भनेर झुट्टा आश्वासन देखाउँछन्। विद्यार्थीहरु सोझा हुन्छन् । अरुले जे भन्यो, त्यही पत्याउँछन्।

अनि कन्सल्ट्रेन्सीको झुट्टा आश्वासनमा लागेर अमेरिका, अस्ट्रेलिया जाने अठोट गर्छन्। प्लस टु पास गर्नेबित्तिकै अमेरिका, अस्ट्रेलिया जान अभिभावकसँग जिद्दी कस्छन्। सन्ततिको राम्रो भविष्यका निम्ति अभिभावकहरु राजी हुन्छन्। र, ऋणधन गरेर छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाउँछन् । तर, त्यहाँ पुगेको केही समयमै उनीहरु पछुताउन थाल्छन्। एकातिर आफूले सोचेजस्तो नहुने, अर्कोतिर ऋण, पढाई र कामको तनाव । यसले उनीहरुलाई दुर्घटनातिर लैजान्छ।

यसरी कन्सल्ट्रेन्सीहरुले विद्यार्थीको भविष्य त बर्बाद पारिरहेकै छन्, सँगै नेपालले पूँजी र दक्ष जनशक्ति पनि गुमाइरहेको छ । कन्सल्ट्रेन्सीकै कारण ‘स्वदेशमा केही हुँदैन’ भन्ने भ्रम पनि युवा पिँढीमा रहन पुगेको छ । अर्कोकुरा, पछिल्लो समय त कन्सल्ट्रेन्सीहरुको ठगीधन्दा मौलाएको छ । अध्ययन भिसामा अमेरिका, अस्ट्रेलिया पठाइदिने भन्दै विद्यार्थी वा तिनका अभिभावकसँग २० देखि ४० लाखसम्म असुल्ने तर रकम बुझाएको एकदेखि तीन वर्ष भइसक्दा पनि नपठाउने ।

विभिन्न बहाना बनाएर अलमल्याउने । यसरी अभिभावक वा विद्यार्थीहरुबाट लिएको ९२ अर्ब रकम कन्सल्ट्रेन्सीहरुले वर्षौदेखि बिनाऋण चलाइरहेको बताइन्छ । उनीहरु न विदेश पठाउँछन् न रकम फिर्ता गर्छन् । त्यसरी रकम लिएर विदेश नपठाउने कन्सल्ट्रेन्सीमाथि उजुरी भने पर्दैन । किनकि उजुरी दिएमा कन्सल्ट्रेन्सीले अझै विदेश नपठाउने र रकम पनि फिर्ता नगर्ने त्रास अभिभावक, विद्यार्थीमा देखिन्छ ।

मुलुकमा सञ्चालित अधिकांश कन्सल्ट्रेन्सीको दर्ता छैन । दर्ताबिनै उनीहरुले विद्यार्थीलाई विदेश पठाइरहेका छन् । कतिपय कन्सल्ट्रेन्सी चाँहि मानव तस्करीमा संलग्न देखिन्छन्। विदेश पठाउने नाममा चर्को रकम असुलेर उनीहरुले मानव तस्करी वा बेचबिखन गर्दै आएका छन् । यद्यपि, यसतर्फ सम्बन्धित निकायहरुको ध्यान गएको देखिँदैन।

कन्सल्ट्रेन्सीहरुले जनतामा आफ्नै मातृभूमिप्रति घृणा उत्पन्न गराउँदा, विद्यार्थी–

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!