१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले पुस २५ देखि लालमटियामा महोत्सव सञ्चालन गर्ने,

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, पुष ०१, २०८२

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ ।

राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत महोत्सव सञ्चालन गर्ने विषयमा जानकारी गराएको छ ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी अन्तरगत रहेका अपार सम्भावना बोकेका र अवसरको खोजीमा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि थप टेवा पुग्ने आयोजकको ठम्याइ देखिन्छ । सोही मुताविक कला संस्कृतिको संरक्षणसँगै स्थानीय स्तरमा उत्पादीत वस्तुहरुको बजारीकरण बताइएको छ ।

साथै उत्पादनमा बृद्धिगरी आर्थिक पक्ष मजबुत गराई महोत्सवबाट आर्जन भएको रकमले कार्यालय भवन सहित अन्य संरचना निमार्ण तथा मर्मत संभार गर्ने उदेश्यका साथ महोत्सव सञ्चालन गर्न लागेको राप्ती उद्योग वाणिज्य संघ, भालुवाङ्का अध्यक्ष सुरज खड्काले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

उक्त महोत्सवमा १ सय ५० वटा किसिमका विभिन्न स्टलहरु रहने छन् । जसमा करिव ३० वटा कृषि तथा उद्यम विकासका स्टल राखिने छ । महोत्सव अवधीभर करीब १ लाख २० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्ने र १ करोड बढीको कारोवार हुने अनुमान रहेको संघका अध्यक्ष खड्काले जानकारी गराए ।

महोत्सव चल्ने समयसम्म राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीसँगै महोत्सवको मुख्य आकर्षकको रुपमा जलपरि रहने साथै चर्केपिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहने छन् । भने स्टलमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन रहने छ । महोत्सवको उद्घाटनका दिन प्रदर्शन गरिने बताइएको छ ।

झाँकी प्रस्तुतिमा प्रथम हुनेलाई नगद १० हजार, दोसो हुनेलाई नगद ७ हजार र तेस्रो हुनेलाई ५ हजार र सान्त्वना स्वरुप ३–३ हजार नगद प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिए । महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगता भएका नागरिकहरुलाई परिचयपत्रका आधारमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी गराएको छ ।

संघकै अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मूल आयोजक समिति गठन गरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

संघका अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मुल आयोजक समिति गठनगरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जसमा सुरज खड्काको संयोजकत्वमा स्थानीय प्रशासन उपसमिति, बसन्त गिरीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, बासुदेव न्यौपानेकोे संयोजकत्वमा प्रचारप्रसार उपसमिति र झाँकी व्यवस्थापन उपसमिति बनाइएको थाहा भएको छ ।

त्यसैगरी चन्द्र प्रकाश आचार्यको संयोजकत्वमा बाल साँस्कृतिक क्लव उपसमिति, जगत प्रसाद पोख्रेलको संयोजकत्वमा पाहुना स्वागत सत्कार उपसमिति, विष्णु प्रसाद बोहराको संयोजकत्वमा आर्थिक उपसमिति, मोहन आचार्यकोे संयोजकत्वमा स्टल तथा कृषि व्यवस्थापन उपसमिति, हिमानन्द पाण्डेको संयोजकत्वमा अनुगमन उपसमिति, जीवराज शर्माको संयोजकत्वमा झाँकी मुल्याङकन उपसमिति, बिनोद कुमार पाण्डेयको संयोजकत्वमा यातायात उपसमिति र चन्द्र प्रकास आचार्यको संयोजकत्वमा स्वास्थ्य उपसमिति सहितका उपसमितिहरु गठन गरिएका छन् ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुरज खड्का, बरिष्ठ उपाध्यक्ष बसन्त गिरी, उपाध्यक्ष चन्द्र प्रकाश आचार्य, महासचिव बासुदेव न्यौपाने लगायत देउखुरी क्षेत्रमा रहेर विभिन्न संचार माध्यममा क्रियाशील संचारकर्मीहरुको उपस्थिती रहेको थियो । संघका महासचिव बासुदेव न्यौपानेले पत्रकार सम्मेलनकाे सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनास्थित नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाइने भएको छ । नागेश्वर महादेव पार्वती मन्दिरको एघारौँ साधारणसभा एवं चौथो अधिवेशनले नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाउनको लागि विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले धार्मिक र प्राकृतिक […]

error: Content is protected !!